दार्जीलिङ हिल्स युनिभर्सिटीमा अतिथि प्राध्यापक छनोटका लागि अन्तर्वार्ता जारी

Share this news

खरसाङ, (निसं): दार्जीलिङ हिल्स युनिभर्सिटीमा अस्थायी रूपमा अतिथि प्राध्यापक नियुक्ति प्रक्रिया अन्तर्गत अन्तर्वार्ता सोमबार 25 अगस्टदेखि शुरु भएको छ। विश्वविद्यालयले यसअघि 30 जून 2025 मा सार्वजनिक गरेको विज्ञापन अनुसार अंग्रेजी, इतिहास, पत्रकारिता तथा जनसम्पर्क, नेपाली, राजनीतिशास्त्र र गणित गरी 6 वटा शैक्षणिक विभागमा दुई-दुई जना गरी जम्मा 12 जना अतिथि प्राध्यापक पदको लागि आवेदन आह्वान गरेको थियो भने विश्वविद्यालय पक्षबाट जानकारी अनुसार 1 सय 60 जना भन्दा बढ़ी उम्मेदवारहरूले आवेदन दिएका थिए। विश्वविद्यालयका अनुसार योग्यताका आधारमा छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता 25 अगस्टदेखि 28 अगस्टसम्म तोकिएको तालिकाअनुसार सञ्चालन हुनेछ। 25 अगस्त सोमवार पत्रकारिता तथा जनसम्पर्क र अंग्रेजी विभागका उम्मेदवारहरूको अन्तर्वार्ता सम्पन्न भयो। 26 अगस्ट 2025 मंगलबार इतिहास विभागका उम्मेदवारहरूको अन्तर्वार्ता भएको छ। त्यसरी नै 27 अगस्त 2025 बुधवार गणित र नेपाली विभागका उम्मेदवारहरूको अन्तर्वार्ता तोकिएको छ। त्यसरी नै 28 अगस्त बिहीवार राजनीतिशास्त्र विभागका उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ। दार्जीलिङ हिल्स युनिभर्सिटीका रजिष्ट्रार डा. सुजता रानी राई बताए अनुसार आवेदन प्रक्रिया र न्यूनतम योग्यता मापदण्ड अनुसार छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइएको हो। अन्तर्वार्ता सफलतापूर्वक पूरा गरेपछि छनोट भएका उम्मेदवारहरूले आगामी 1सेप्टेम्बर 2025 देखि विश्वविद्यालयमा कार्यभार सम्हाल्न ुपर्नेछ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान