तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

Share this news

तीनधारेअ अ 29 जून (निसं)ः तीनधारेको भानु ग्राम क्षेत्रमा रहेका मैलाहरु आज घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई गरिएको छ। केही दिन अघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तलतिर ल्याएको थियो जुन मैलाहरु विषयमा स्थानीय दिपक प्रधानले मिडियामा दिएपछि आज घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा आज सर सफाई गरिएको छ। पञ्चायतको तर्फबाट सर सफाई कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ-घर सर सफाई चलिरहेको तर यसरी गाउँ घरकै मानिसहरुले मैला जताभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर लगेको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम बनिन्दैछ र अब घर घरबाट मैला उठाउने कार्य गरिने बताएका छन्। उनले अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने भएको बताउँदै नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने बताएका छन्। घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले सबैलाई गाउँ घर सर सफाई गर्नु पर्ने बताउँदै गाउँ घरमा जताभावी मैलाहरु फ्याँक्नु नहुने र जताभावी मैलाहरु फ्याँक्दा परिवेश नै नराम्रो हुने जनाएकी छन्। सबैलाई मैलाहरु जताभावी नफ्याँकिदिने अनुरोध पनि गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान