मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि, मुण्डाकोठी ग्राम पञ्चायत अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मुण्डाकोठी प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको छ। कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, ओसी सोनादा आउट पोष्ट योगेस ठकुरी, एएसआई आनन्द श्रेष्ठ, एसआई निरज सुन्दास, जोरबंगलो पुलिस थाना, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरु, मुण्डाकोठी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापिका सुधा राई लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रकाश राईले सञ्चालन गरेका थिए भने स्वागत भाषण शैलेन्द्र राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरु र स्थानीय विभिन्न समाजका मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको ओसी योगेस ठकुरीले ड्रग्स रोकथामको लागि सचेतना गराउँदै ड्रग्सको दल दलमा कसरी फसिन्छ भन्दै यसबाट जोगिने उपायहरु विषयमा जानकारी गराएका छन्‌‍। उनले ड्रग्स रोकथामको लागि समाजहरु पनि जागरुक भएर अघि आउनु पर्ने र समाजले मिलेर ड्रग्स रोकथामको लागि पहल गर्नु पर्ने बताएका छन्‌‍। कार्यक्रममा जोरबंगलो पुलिस थानाका एसआई निरज सुन्दासले साईबर क्राइम विषयमा सचेतना गराउँदै अनलाइन ठगीबाट जोगिनुपर्छ र अनलाईनमा जताभावी क्लिक गर्नु हुँदैन र जोगिनु पर्छ भनी बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

बेन काब्रेमा १७ परिवार क्याप- सिक्किममा सामेल

बेन काब्रेमा १७ परिवार क्याप- सिक्किममा सामेल

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

आमा सम्मान दिवस २०२५ को पहिलो समन्वय बैठक

आमा सम्मान दिवस २०२५ को पहिलो समन्वय बैठक

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द