ट्राफिक सचेतना अन्तर्गत बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

Share this news

खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ पुलिस थाना अन्तर्गत गाड़ीधुरा पुलिस आउट पोष्टका ट्राफिक प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार 1 जुलाईदेखि आगामी 8 जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ। यही सचेतना कार्यक्रम अन्तर्गत बुधबार रोड सुरक्षा हप्ताह पालन गर्दै बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको थियो। उक्त ट्राफिक सचेतनालाई लिएर आयोजित बस अनि चित्र बनाऊ प्रतियोगिता सुकना मोडेल हाई स्कूलमा आयोजना गरिएको थियो। यस प्रतियोगितामा 77 जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई पसरितोषिक वितरण गरिएको छ। यस अवसरमा सहभागी सबैलाई मेडल प्रदान गरिएको जानकारी प्राप्त भएको छ। ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत 8 जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान