बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

Share this news

खरसाङ, 16 जुलाई (निसं):खरसाङ्का मानिसहरू बाँदरको समस्याले दिक्क बनेका छन्‌‍। यो समस्या वर्तमानमा खरसाङ्का सबै मानिसहरूले भोगिरहेका छन्‌‍। यो समस्या समाधानको निम्ति खरसाङ्का विभिन्न संघ-संगठन, व्यक्ति-व्यक्तित्वले आवाज पनि उठाइरहेका छन्‌‍। खरसाङ्मा रहेको बाँदर अनि जंगली जनावरको समस्या समाधानको निम्ति एक गैरसरकारी संगठन आवाजले अघिबाटै आवाज उठाइरहेको छ। यो गैरसरकारी संस्थाले खरसाङ्मा रहेको बाँदर अनि जंगली जनावरको समस्यालाई समाधान गरियोस्‌‍ भनी माग गर्दै बुधवार खरसाङ डिभिजन वन विभागको कार्यालयमा पुगेर एडीएफओलाई एउटा ज्ञापन बुझाएको जानकारी प्राप्त भएको छ। ज्ञापन बुझाएको बारेमा जानकारी गराउदै यस संस्थाका अध्यक्ष लोकनारायण प्रधानले भनेका छन्‌‍, खरसाङ बजार अनि विभिन्न वार्डहरूको प्रायः सबै क्षेत्रमा बाँदर वा जंगली जनावरहरूको आतंकमा वृद्धि भइरहेको छ। यस मध्ये कतिपय स्थानमा बाँदरको आतंक चरममा पुगेको छ। साधरण मानिसहरू बाटोमा हिँड्नसम्म समस्यामा परेका छन्‌‍, विद्यार्थीवर्गलाई स्कूल जान-आउन एकदमै गाह्रो भइरहेको गुनासोहरू प्राप्त भइरहेको छ। यस्तै गुनासोहरूलाई मध्यनजर राखेर आवाज गैरसरकारी संस्थाले खरसाङ्को वन विभाग कार्यलयमा गएर बाँदरको आतंकलाई केही हदसम्म न्यून गर्ने अथवा समाधान गर्ने विषयमा एउटा ज्ञापन पत्र वन विभागका एडीएफओलाई सुम्पिएको छ। विगतका दिनहरूमा पनि आवाज एनजीओले बाँदरको समस्यलाई लिएर सरसाङ नगरपालिका साथै वन विभागको समन्वयमा कतिपय कार्यहरू गरिसकेको छ। हालमा खरसाङ्मा बाँदरको आतंक तथा समस्यले सीमा नाघिसकेको छ। यसर्थ यस विषयमा वन विभागको ध्यानाकर्षण गराउन उक्त ज्ञापन चढ़ाइएको हो। आवाज एनजीओको पक्षबाट प्रधानले खरसाङवासीलाई बाँदरलाई माया गरेर खाने कुरा जतासुकै नराखिदिने निवेदन पनि गरेका छन्‌‍। जहाँ खान पाउँछ त्यही बॉदरको झुण्ड धेरै हुने गर्दछ र खाना पाउँने ठाउँबाट बाँदर अन्यत्र जाँदैन। खाना नपाएको दिन बाँदरहरू आक्रोषित भएर मानिसएहरूमाथि आक्रमक बन्ने गर्छ, जसको कारण दुर्घटनाहरू घट्ने गर्दछ। यसैले बाँदरलाई खाना दिने, बाँदरको निम्ति सजिलै खाना उपलब्ध गराउने अध्यक्ष लोकनारायण प्रधानले नगरवासीलाई निवेदन गरेका छन्‌‍। वन विभागलाई ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका सल्लाहकार उत्तम कुमार प्रधान, शकुन लामा, शान्ति राई, भक्त बहादुर मुखिया अनि अध्यक्ष लोक नारायण प्रधान सामेल रहेका थिए।

Share this news
आजको रोजाइ
काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

चुनौतीपूर्ण परिस्थितिहरूमा पनि कृषि-किसान दर्ताप्रति अटल प्रतिबद्धता

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

२५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नल्याइने

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सोरेङमा आयोजित राष्ट्रिय स्तरको भानु जयन्तीमा मंगन चम्कियो

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

स्वास्थ्य कारण ओपनएआईकी दोस्रो पदकी कार्यकारी सिमो बाहिरिने

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

आजको रोजाइ