ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

Share this news

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको नियम अनुसार यान-वाहन वर्द्धवान रोड भएर सिलगढ़ी तर्फ पठाइन्छ। वर्तमानमा धेरै वाहान, मोटर बाईक, स्कुटीहरू सिलगढ़ी, संलग्न क्षेत्र अनि बाहिरबाट आउने गरेका छन्‌‍। नियमित पहाड़ नआउने यस्ता कतिपय गाड़ी, मोटर बाईक, स्कुटीहरू वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ जाने गरेको पाइएको छ। यसरी वन्‌‍-वेको नियम अनुसार वर्द्धवान रोड तर्फ नगएर राष्ट्रिय राजमार्ग तर्फ गएपछि ड्युटीमा रहेका ट्राफिक पुलिस अथवा अन्य मानिसहरूले राजमार्ग तर्फ लागेका ती गाड़ी, मोटर बाईक, स्कुटीहरूलाई कराउदै गरेको देखिएको छ। राति ड्युटी सकिएर यस स्थानबाट ट्राफिक पुलिसहरू गएपछि यस्ता घटनाहरू लगभग नियमित हुने गरेको मानिसहरूले बताएका छन्‌‍। यस स्थानमा ड्युटीमा खटिएका ट्राफिक पुलिस, सिभिक पुलिस भारी वर्षाको अवधिमा ओत लागेर बसेको अवस्थामा, दिनभरी उभिएर ड्युटी गर्दा थाकेर कुनै स्थानमा बसेको अवधिमा यसरी दार्जीलिङ तर्फबाट आएका कतिपय चालकहरू अज्ञानताको कारण वन्‌‍-वे नगरएर राष्ट्रिय राजमार्ग भएर बजार पस्ने गरेको मानिसहरूले बताएका छन्‌‍। यसैले यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ बसाइएको खण्डमा दिनभरी उभिएर ड्युटी गरिरहेका पुलिसहरूलाई केही समय विश्राम गर्नलाई स्थान मिल्ने अनि यस स्थानमा अधिक रातिसम्म ड्युटीमा ट्राफिक पुलिस खटाइन सकिने मानिसहरूको मत छ। कतिपय मानिसहरूले यस स्थानमा रहेको फोहोर-मैलादानी हटाइएको छ। फोहोर-मैलादानी हटाइएको स्थान वर्तमानमा खाली रहेको छ, यसै स्थानमा ट्राफिक पुलिस बुथ निर्माण गर्न सकिने र यहाँ बुध निर्माण गरिएको खण्डमा ट्राफिक पुलिस, चालकवर्ग, दुईचक्के सवार, साधरण मानिस सबैको निम्ति असल रहने सुझाउ दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल रन सम्पन्न

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

जीटीएले खरसाङमा भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार