जातिलाई संकटमा पार्नु हुँदैन पढेपछि

Share this news

जातिलाई संकटमा पार्नु हुँदैन पढेपछि राजु काश्यप, अम्बिकापुर, शदिया असम

गत जुन ५ को हिमालय दर्पणमा प्रकाशित शिशिर शर्मा, कालेबुङद्वारा लिखित जातिलाई संकटमा पार्नु हुँदैन शीर्षक लेखमा मेरो नजर पर्न गयो। उक्त लेखमा उहाँले हाम्रो जाति, भाषा, संस्कृतिलाई ‘नेपाली’ भनेर समेटने तर्क प्रस्तुत गर्नुभएको रहेछ। त्यसैको प्रतिवादस्वरूप म यो लेख प्रस्तुत गर्दैछु पछिल्लो समय ‘नेपाली’ शब्दको प्रयोगलाई लिएर विविध चहसहरू चलिरहेका छन। केहीले यस शब्दलाई हाम्रो जातीय वा राष्ट्रिय पहिचानको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन। तर गहिरी विश्लेषण गर्दा प्रष्ट हुन्छ ‘नेपाली’ शब्दको प्रयोगले गोर्खा समुदायलाई अड्डी पनि ‘शंकास्पद नागरिक को घेराभित्र राखिरहेको छ, जुन दीर्घकालीन रूपमा अस्वस्थ राजनीतिक तथा सामाजिक अवस्थाको संकेत हो। हामी यसवारे स्पष्ट हुन चाहन्छौं। हामी जातिका आधारमा गोर्खा हौं, र राष्ट्रियताको आधारमा भारतीय हौं। ‘गोर्खा’ भन्ने शब्दले हाम्रो जातीय अस्तित्व, परम्परा, भाषा, संस्कृति, इतिहास र बलिदानको पहिचान दिन्छ। यति मात्र होइन, ‘गोर्खा भन्ने बित्तिकै विश्वमा एउटा साहसी, अनुशासित र राष्ट्रभक्त समुदायको छवि उभिन्छ। अब प्रश्न उठछ के ‘नेपाली’ जाति हो? होइन। ‘नेपाली’ कुनै जाति होइन। यो नेपाल राष्ट्रका नागरिकहरूको राष्ट्रिय पहिचान हो। भारत, बंगलादेश, पाकिस्तान बा श्रीलंकाका नागरिकहरूलाई तिनका राष्ट्रिय नागले चिनिन्छ तर कोही पनि ‘बंगलादेशी जाति’ वा ‘भारतीय जाति’ भन्दैन। त्यसै गरी ‘नेपाली जाति’ भन्नु पनि अनुचित, अवैज्ञानिक र भ्रामक हो। हामी भारतका नागरिक हौं भने हाम्रो राष्ट्रिय पहिचान ‘भारतीय’ हो ‘नेपाली’ होइन। त्यसोभए प्रश्न आउँछ हामी त नेपाली भाषा बोल्छौं नि? हो, हामी नेपाली भाषा बोल्छौं। तर भाषा कुनै जातिको परिचायक होइन। जस्तै भारतका करोडौ मानिसले हिन्दी बोल्छन्, तर ती सबै ‘हिन्दी जातिका’ हुन् भन्ने हुँदैन। भाषा भनेको सञ्चारको माध्यम हो, न कि जातीय वा राष्ट्रिय पहिचान। भारतको संविधानमा “Nepali Gorkha or Khaskura’ भनेर नेपाली भाषा मान्यता प्राप्त भाषा (संविधानको आठौँ अनुसूची) अन्तर्गत उल्लेख छ। यसले स्पष्ट गर्छ कि नेपाली भाषा नामसँगै गोर्खा भाषा नाम पनि उत्तिकै मान्यता दिएर व्यवहार गर्न सकिन्छ। यो संवैधानिक अधिकार भित्र पनि पर्दछ। त्यसैले भाषाको आधारमा ‘हामी नेपाली हीं’ भन्ने तर्क सतही, अपूरो र भ्रामक हुन जान्छ।
इतिहास पनि साक्षी छ पृथ्वीनारायण शाहले राज्य बिस्तारका क्रममा विभिन्न जातिहरूलाई एकीकृत गरेर नेपाल राष्ट्रको निर्माण गर्नुभयो। त्यतिबेला ‘नेपाली’ भन्ने जाति थिएन। स्वयं पृथ्वीनारायण शाह गोर्खा थरका थिए। त्यो समयका ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, तामाङ लगायत थुप्रै जातिहरूले राष्ट्र निर्माणमा योगदान दिएका थिए। पछि राष्ट्रको नाम ‘नेपाल’ भएपछि त्यसका नागरिकलाई ‘नेपाली’ भन्ने प्रचलन शुरू भयो। र स्मरण रहोस पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु भन्दा पहिले नै हाम्रा पुर्खाहरू भारतको विभिन्न भूभागमा बसोबास गर्दै आएका थिए। यस्तो ऐतिहासिक तथ्य हुँदाहुँदै पनि हिजोअस्ती बनेकी ‘नेपाली’ राष्ट्रिय परिचयलाई जबर्जस्ती अपनाउन खोज्नु कतिको न्यायसंगत हो ?
‘गोर्खा’ भनेको जातीय पहिचान हो जसको ऐतिहासिक, सामाजिक, भाषिक र भौगोलिक आधार स्पष्ट छ। तर ‘नेपाली’ भनेको नेपाल राष्ट्रसँग सम्बन्धित एक राष्ट्रिय संज्ञा हो, उसले भारतभित्र कुनै जातिलाई जनाउँदैन। यो विषय केवल भावनात्मक होइन, दीर्घकालीन राजनीतिक र सामाजिक सुरक्षासँग सम्बन्धित छ। यदि हामी अझै पनि आफूलाई ‘नेपाली जाति’ भनेर चिनाउँदै हिँडिरह्यौँ भने भारतमा सबै ‘शंकास्पद नागरिक’को रूपमा हेरिनेछ। हामीमाथि घुसपैठको आरोप लाप्रेछ। यसले हाम्रो रोजगार, शिक्षा, राजनीति र अस्तित्त्वमाथि गम्भीर असर पार्न सक्छ। अन्त्यमा यही भन्न चाहन्छु हाम्रा बुद्धिजीविवर्गले ‘नेपाली’ जाति भन्ने भ्रमको अन्त्य गर्दै ‘गोर्खा जातिको पहिचानलाई राष्ट्रिय तथ्यको रूपमा स्वीकार गर्नुपर्छ। आउँदै गरेको जातीय जनगणनामा हामी सबैले ‘गोर्खा’ जाति नै उल्लेख गर्नुपर्छ। यसले भारतभित्र हाम्रो अस्तित्वलाई सुरक्षित बनाउँछ, एकता ल्याउँछ र हाम्रा आगामी पुस्तालाई स्पष्ट चिन्हारी प्रदान गर्नेछ।


Share this news
आजको रोजाइ
खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

आजको रोजाइ