विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

Share this news

पहाडका लागि गर्वको खबर आएको छ। कालेबुङ का विधायक (MLA) तथा भारतीय राष्ट्रिय हक्की टोलीका पूर्व कप्तान भरत कुमार छेत्रीलाई पश्चिम बंगाल सरकारद्वारा पुनर्गठित West Bengal State Council for School Games & Sports को उपाध्यक्ष (Vice President) पदमा नियुक्त गरिएको छ।

पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले जारी गरेको अधिसूचनाअनुसार विद्यालयस्तरीय खेलकुद, प्रतिभा छनोट, प्रशिक्षण शिविर सञ्चालन, राज्य तथा राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताको योजना, व्यवस्थापन र समन्वय गर्ने उद्देश्यले परिषद्को पुनर्गठन गरिएको हो। यस परिषद्मा भरत कुमार छेत्रीलाई उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी दिइएको छ।

भारतीय हक्की टोलीका सफल पूर्व कप्तान तथा हाल कालेबुङ का विधायक रहेका भरत कुमार छेत्रीको यो नियुक्तिले दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकका युवा खेलाडीहरूका लागि नयाँ अवसर र प्रेरणा थप्ने विश्वास गरिएको छ। विद्यालयस्तरबाटै खेल प्रतिभाको विकास, प्रशिक्षण र राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माणमा उहाँको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

भरत कुमार छेत्रीले खेल जीवनमा भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएका छन्। अब राज्यस्तरको विद्यालय खेलकुद विकासको जिम्मेवारी पाउँदै उहाँले पश्चिम बंगालका साथै पहाड क्षेत्रका उदीयमान खेलाडीहरूको भविष्य निर्माणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यो पदमा नियुक्त भएकोमा पहाडभरिका खेलाडीहरूले सरकारले सटीक मानिसलाई उक्त पदमा नियुक्त गरेको बताएका छन्। उनीहरूले पहाडे खेलाडीहरूले प्रत्येक खेलमा आफ्नोे सीप देखाउने मौका पाउने अपेक्षा गरेका छन्।

Share this news
आजको रोजाइ
महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

आजको रोजाइ