रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

Share this news

6 माइल–रिसाप सडक निर्माणमा धाँधलीको आरोप, 1 करोड 19 लाखको योजनामा 10% प्रतिशत पनि काम नभएको स्थानीयको दाबी:सभासद कुमार शर्मा किन मौन?
कालेबुङ 38 नम्बर समष्टि अन्तर्गत 6 माइलदेखि रिसापसम्म निर्माणाधीन सडक योजनामा धाँधली भएको आरोप स्थानीयवासी अशोक राईले लगाएका छन्। उनका अनुसार करिब 1 करोड 19 लाख रुपैयाँ लागतको उक्त सडक निर्माणमा 10% प्रतिशत पनि काम नभएको, अर्थात 5 लाख रुपैयाँ बराबरको पनि काम सम्पन्न नभएको दाबी गरेका छन्।

उक्त सडक निर्माण कार्य WBSRDA मार्फत SDRF (State Disaster Response Fund) तथा NDRF (National Disaster Response Fund) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको जानकारी सार्वजनिक गरिएको छ।

स्थानीयवासी अशोक राईले 38 नम्बर समष्टिका सभासद कुमार शर्मालाई जनताले विकास र जनहितका लागि निर्वाचित गरेको उल्लेख गर्दै, निर्माण कार्यमा भएको भनिएको अनियमितताबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। उनले उक्त सडक निर्माणमा वास्तवमै धाँधली भएको हो वा अन्य कुनै कारणले काम अघि नबढेको हो भन्ने विषयमा सम्बन्धित पक्षले जनतालाई जानकारी गराउनुपर्ने बताएका छन्।

स्मरण रहोस्, हिजो 16 जुलाई 2016 को दिन इण्डियन गोर्खा जनशक्ति फ्रन्ट केन्द्रीय प्रवक्ता श्याम गौतमले पेदोङ खण्डमा WBSRDA मार्फत SDRF (State Disaster Response Fund) तथा NDRF (National Disaster Response Fund) मार्फत आएको 19 करोड रूपियाको सड़क निर्माण कार्यको विवरण सर्वजनिक गरेपछि एका-एक यस्तो कार्यहरू सर्वजनिक हुन थालेका छन्।

Share this news
आजको रोजाइ
महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

भारतीय अर्थतन्त्र बलियो तर मनसुन र पश्चिम एसियाली तनावले जोखिम

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

बाघडोग्रा शव बरामद प्रकरण: हत्याको आरोपमा श्रीमतीसहित 5 पक्राउ

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

इन्डिगोको उडान ६E-६४२३ मा बमको धम्की भएको हस्तलिखित नोट

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

हातले फोहोर उठाउने, ट्रान्सजेन्डर र एससी/एसटी संरक्षण प्रगतिको समीक्षा

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

राष्ट्रिय राजमार्ग-१०को निरीक्षणः पुनर्स्थापना कार्यमा तीव्रता दिन जोड

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

‘अरण्य सप्ताह२०२६’ अन्तर्गत वृक्षारोपण र वातावरण संरक्षण सचेतना

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

VB-G RAM G को लागि कार्य प्रारम्भ बैठकहरू मङ्गन जिल्लाभरि

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

रिसाप-6 माइल सडक निर्माणमा धाँधली, 1 करोड 19 लाखको योजना

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

विधायक भरत छेत्री बने पश्चिम बङ्गाल खेलकूद विभागका उपाध्यक्ष

आजको रोजाइ