मिरिककाे विभिन्न ठाउँमा श्रद्धा र भक्तिका साथ विश्वकर्मा पूजा पालन गरियाे। यहाँकाे चालक संगठनहरूले समूहमा भेला भएर विश्वकर्मा पूजा पालन गर्याे भने यहाँ भएकाे कल कारखाना, ग्यारेज आदि ठाउँमा पनि पूजा अर्चना सम्पन्न गरियाे। यही क्रममा मिरिक बाईपास लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएन र बाईपास प्राइभेट भेइकल ओनर एसोसिएनको संयुक्त आयोजनामा मिरिक बाईपास मोडमा विश्वकर्मा पूजाको भव्य रुपमा पालना गरियो।यस अवसरमा एसोसिएनका अध्यक्ष राजु थापाले सम्पूर्ण सदस्य तथा आम नागरिकलाई विश्वकर्मा पूजाको शुभकामना व्यक्त गर्दै पूजाले सबैमा नयाँ ऊर्जा, प्रेरणा र समृद्धि ल्याओस् भन्ने कामना गरे। पूजामा स्थानीय ट्याक्सी चालक, सवारी साधन मालिक, सामाजिक संघ–संस्था तथा स्थानीय नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
