Two new awards announced on Bhanu Jayanti

भानु जयन्तीमा दुई नयाँ पुरस्कारको घोषणा

Share this news

लोकप्रिय उपन्यासकार प्रकाश कोविद अनि लोक गीत गायिका हिरादेवी वाइबाको स्मृतिमा पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनिक सभा तथा जीटीए-ले थप दुईवटा नागरिक सम्मान पुरस्कारको थालनी गर्ने जानकारी पाइएको छ । २०११औं भानु जयन्ती समारोहअवधि मिडियालाई सम्बोधन गर्दै सूचना तथा सांस्कृतिक विभागीय सभासद अनोश थापाले उक्त घोषणाको पुष्टि गर्दै २० अगस्तदेखि शुरु भाषा दिवस पालना विविध कार्यक्रमको साथ ३१ अगस्तसम्म मनाइने उनले थप जनाए।‌

यसबीच पूर्व घोषणाअनुसार २०११औं भानु जयन्तीको अवसर पारेर जीटीए सभाद्वारा ज्येष्ठ साहित्यकार तथा समालोचक नन्द हाङखिमलाई भानु पुरस्कार प्रदान गरियो। जीटीए सूचना एवं सांस्कृतिक विभागको तत्वावधानमा आयोजित कार्यक्रमको अवसरमा पत्रकार प्रमोदलाई गिरी पाद्री गङ्गा प्रशाद प्रधान, नाट्य कलाकार टेकबहादुर बराइलीलाई डीबी परियार, सिद्धार्थ राईलाई जी डगलस अनि दिवङ्गत पञ्चरत्न प्रधानलाई मुखिया धनवीर गुरूङ स्मृति पुरस्कार प्रदान गर्दै नागरिक सम्मान जनाइयो। आईतवार गोर्खा रङ्गमञ्च भवनमा पालन गरिएको भानु जयन्ती समारोहमा जीटीए प्रमुख अनित थापाको साथ अन्य सभासद अनि विभागीय अधिकारीहरु उपस्थित थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न