सांसद बिष्टद्वारा पद्मश्री लामाको निधनमा श्रद्धाञ्जली

Share this news

दार्जीलिङ्ग लोकसभा समष्टिका सांसद राजु बिष्टले पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले नेपाली साहित्याकाशका शिखर व्यक्तित्व एवम् बहु-प्रतिभाशाली स्रष्टा पद्मश्री सानु लामाको अचनाक निधनले एक तमासको शून्यता उत्पन्न भएको अनुभव भइरहेको बताएका छन्। उहाँको कलम लघुकथा, उपन्यास, नियात्रा, निबन्ध, बाल-साहित्य आदि विविध क्षेत्रमा मात्र नभएर गीत र कवितामा अनि अनुवादको क्षेत्रमा समेत त्यतिकै सहजतासँग चल्दथ्यो। भारतीय संविधानको अष्टम अनुसूचिमा नेपाली भाषालाई समावेश गर्ने आन्दोलनका पनि उहाँ एक सशक्त सिपाही हुनुहुन्थ्यो भन्दै उनको निधनबाट भारतीय नेपाली साहित्यिक क्षेत्रले मात्रै होइन, समग्र नेपाली साहित्यिक फाँटले आफ्नो एक मूल स्तम्भ गुमाएको बताएका छन्। सांसद राजु बिष्टले उहाँको आत्मालाई चीर शान्ति प्राप्त होस् अनि परिवारजन तथा समग्र नेपाली साहित्य संसारलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेको बताएका छन्।

Tributes on the death of Padma Shri Lama by MP Bista


Share this news
आजको रोजाइ
शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन