राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान

Share this news

सात वर्षपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि दिलाउने भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा नागरिक सम्मान जनाइएको छ। युनाईटेड खरसाङ फुटबल क्लब (युकेएफसी) को आयोजनामा खरसाङको राज राजेश्वरी हलमा सम्पन्न उक्त नागरिक सम्मान कार्यक्रमको अध्यक्षता युकेएफसीको सभापति केनेट लेप्चाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। यस नागरिक सम्मान कार्यक्रमलाई युकेएफसीको सह सचिव चिराग तिवारीले सञ्चालन गरेका थिए।

कार्यक्रममा स्वागत सम्भाषण युकेएफसीको सल्लाहकार गोपाल छेत्रीले राखेका थिए। यसै कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई नागरिक सम्मान जनाइएको छ। यस अवसरमा युनाईटेड खरसाङ फुटबल क्लबको तर्फबाट खदार्पणसहित, जातीय टोपी, स्मृति चिन्हको रुपमा जातीय खुकुरी, सम्बर्ध्दना पत्र आदिद्वारा सम्मान जनाइएको छ। यसको उनको उनकी आमालाई पनि क्लबको तर्फबाट शल ओढाएर सम्मान जनाइएको छ। यसको साथै खेलकूदसित सम्बन्धित खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुले पनि भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान जनाइएको छ।‌

यसको साथै खरसाङ महकुमा खेलकूद संघको तर्फबाट क्रिस्पिन छेत्रीलाई सम्मान साथै द्रोणाचार्य अवार्डको लागि प्रस्ताव पठाउने पनि जानकारी गराइएको छ। कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले पनि क्रिस्पिन छेत्रीलाई सम्मान जनाएका थिए। कार्यक्रममा युकेएफसीको संस्थापक सदस्यहरु, वर्तमान पदाधिकारीहरु र खेलाडीहरुलाई पनि मञ्चमा बोलाएर सम्मानसहित परिचय आदान प्रदान गरिएको थियो। कार्यक्रममा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, युकेएफसीको सचिव महेन्द्र प्रधान, क्रिस्पिन छेत्री र प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले वक्तव्य राखेका थिए।‌

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युकेएफसी खरसाङका‌ सह सचिव चिराग तिवारीले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
गगनले इन्डिगो जेटलाई सुरक्षित रूपमा अवतरण गर्न कसरी मद्दत गर्‍यो ?

गगनले इन्डिगो जेटलाई सुरक्षित रूपमा अवतरण गर्न कसरी मद्दत गर्‍यो ?

राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान

राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान

जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

जून २०२६ विगत १०० वर्षमा सबैभन्दा सुख्खा महिना भएको दावी

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक पालन

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

आजको रोजाइ