Asar 15 Nepal Paddy Day
Asar 15 Nepal Paddy Day

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

Share this news

हाम्रो मुलुक भारतमा असार १५ को धेरै महत्व नभए तापनि छिमेकी मुलुक नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ। यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ। यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ। त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ। सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो। यसैलाई आधार मानेर नेपालमा पनि मनाउन थालिएको हो। नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ।

यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन्। दहीको महत्त्व असाध्यै धेरै छ। दहीले खाएको पच्नेदेखि लिएर अरू धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ। यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्तादेखि जोहो गरेर राख्ने गर्दछन्।

अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन्। यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन्। यस दिन बढी खपत भएपछि बजारमा बेलुका पख दही अभाव हुन्छ।

यस दिन मानिसहरू दही चिउरामा केरा अनि आँप पनि मिसाएर खाने गर्दछन्। गाउँघरमा जताततै सबैले घर घरमा दही चिउरा अनिवार्य खाने गर्दछन्। जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले पनि सहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन्। यस दिन सहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दूध किनेर दही आफै जमाएर भोलि पल्ट दही चिउरा खाने चलन छ। असार १५ देखि धान रोप्न थालिन्छ। यस क्रममा घरका सहै सदस्यहरू धान रोप्न व्यस्त भएपछि घरमा खाना पकाउने समय हुँदैन थियो। त्यसका लागि दही र चिउरा खाएर पेट भर्ने काम गरिन्थ्यो। यस्तो भनाइ पनि कामले व्यस्त छ भने “मलाई असारको पन्द्रह छ” पनि भनिन्छ। आज धान रोपे पनि नरोपे पनि दही चिउरा खाने परम्परामा बसेको छ। यसैले सहरमा पनि दही चिउरा खाने गरिन्छ।

आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर यसको महत्त्व बढाउने गरिन्छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव भनेर विगत १५ वर्षदेखि मनाउँदै आइएको थियो। यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या पनि बढ्ने गर्दछ।

आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दही चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ। यो राम्रो पक्ष हो। यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ।
पहिले पहिले बाजा बजाएर नाचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो। बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउनु भनिन्छ। त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो। तर, आजभोलि यो चलन अलि हट्दै गएको छ। यसले निरन्तरता नपाउने हो भने भोलिका दिनमा यो दन्त्य कथा जस्तो हुन जान्छ।

वास्तवमा नेपाल देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतिले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ। यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ। त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ। जसले गर्दा अरू ठुला–ठुला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृति बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ। अझ झन् यो जस्तो कृषि प्रधान देशमा यसको महत्त्व धेरै छ।

नेपालको कुल जनसङ्ख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ। सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ। धान उत्पादन वृहत् कार्यक्रम १५ जिल्लामा छ भने यसलाई अझ महत्त्व दिई झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ।
कुलग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ। नेपाल देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ। नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाइमा धान खेती हुन्छ। कुल ११८ जातका धान नेपालमा पाइन्छ।

नेपालमा कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा ठुलो वा महत्त्वपूर्ण नहुन सक्छ। तर उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्त्व राख्दछ। अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गरिन्छ। नेपालका प्रायःजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकीकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाइँदैन। भनेको बेला बीउ मलको अभाव हुन्छ भने काम गर्ने किसानले कसरी काम गर्ने ?

यसकारण यी सबै समस्याको हल गर्ने हो भने मात्र हाम्रो देशमा धानको आयात घट्न सक्छ। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्‍यो। नयाँ योजनासहित दिवस मनाउँदा उपलब्धिमूलक पनि हुन जान्छ। अहिले गाउँघरमा काम गर्न कोही छैनन्। किनकि यहाँ दैनिक सयौँ युवा बिदेसिने गरेका छन्। अनि हामी भने देखावटी यस्ता कार्यक्रम गरिरहँदा यसको कुनै अर्थ रहन्न। अब बिदेशिएका युवालाई स्वदेशमा कसरी आकर्षण गर्ने र विदेश जान कसरी रोक्ने ? भन्ने कुरातिर हामी लाग्न आवश्यक छ। अर्को कुरा करिब ८० प्रतिशत दूधको माग स्वदेशी उत्पादनले धानि सकेको अवस्था छ। अब हामी कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक छ। त्यसैले सबै नेपाल कृषिप्रधान देश हो भनी मक्ख परेर मात्र हुँदैन। जुन देशलाई ‘कृषिप्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन सबैजना लाग्न अनुरोध गरिएको छ।


Share this news
आजको रोजाइ
घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न

गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न

एन्सी सोजनद्वारा अन्जु बबी जर्जको २२ वर्ष पुरानो राष्ट्रिय लङ जम्प कीर्तिमान भङ्ग

एन्सी सोजनद्वारा अन्जु बबी जर्जको २२ वर्ष पुरानो राष्ट्रिय लङ जम्प कीर्तिमान भङ्ग

आजको रोजाइ