गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

Share this news

गोर्खा राष्ट्रिय नारी संगठन खर्साङ ब्राञ्च कमिटीद्वारा आज गोर्खाहरुको मौलिक सांस्कृतिक पर्व असार पन्ध्र खर्साङ बजारस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमसहित मनाइएको छ। यसबारे जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।

कार्यक्रम गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समितिकी उपाध्यक्षा कमला राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रीय समिति सदस्य पारस गुरुङ, प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, एच पी डब्ल्यु खर्साङ ब्राञ्च कमिटी अदिप राई ,खर्साङ शहर समष्टिका अध्यक्ष संजय छेत्री, गोरानासं प्रतिनिधिमण्डल तथा ब्राञ्च कमिटीका सम्पूर्ण सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कमला राईले विशेष मन्तव्य दिंदै भनिन्, “आज हामीले गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन गरी, दही-चिउराको टीका लगाई, दही चिउरा खाएर असार पन्ध्र पर्व उल्लासपूर्वक मनाएका छौं। हामी जनजाति समुदायका प्रतिनिधि भएकाले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण हाम्रो दायित्व हो, र यही भावनासहित गोरामुमोले यस पर्वको निरन्तर पालन गर्दै आएको हो।”

उहाँले थप जानकारी दिँदै बताइन्, “गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको मार्गदर्शन अनुसार यस पर्वलाई संरक्षण गर्दै आएको छौं, र हाल अध्यक्ष मन घिसिङको नेतृत्वमा पनि प्रत्येक वर्ष यसलाई निरन्तरता दिइँदै आएको छ। असार १५ देशभर विभिन्न तरिकाले मनाइन्छ, तर गोर्खा समुदायमा दही चिउरा खाएर यस पर्व मनाउने विशेष परम्परा छ। यो पर्व केवल सांस्कृतिक मात्र नभई किसानहरूको सम्मानको प्रतीक पनि हो।”

कमला राईले आफ्नो विज्ञप्तिमा जनाउँदै भनिन्, “आजको दिन दही चिउरा खाँदै किसानहरू नाचगान गर्दै रोपाइँमा रमाउँछन्। किसानहरूलाई प्रोत्साहन दिन र हाम्रो संस्कृति बचाउन हामी सबैले असार १५ को महत्वलाई बुझ्नुपर्छ। यो पर्व गोर्खा समाजको गौरवशाली परम्परा हो, जसलाई संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो। गोर्खा राष्ट्रिय नारी संगठनको तर्फबाट सम्पूर्णमा असार पन्ध्रको शुभकामना व्यक्त गर्दछु।”

Share this news
आजको रोजाइ
घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

घाइते स्टिफेन युस्टाकियोद्वारा द. अ.माथि क्यानडाको जित 

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

भारतको महिला टी-२० विश्वकपमा समूह चरणबाट नै बाहिरिन पर्‍यो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा उल्लासपूर्वक मनाइयो असार पन्ध्र पर्व

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

आईफोन १८ प्रो, आईफोन अल्ट्रा आउनअघि सुरुवात मिति भयो लीक

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

इथेनल उत्पादनले सबैभन्दा प्रदूषित शहर भएको भ्लगरको वृत्तचित्र

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

विठाबाई नारायणगाउँकर परिवारले श्रद्धाको “ईथा” शीर्षकको गरयो विरोध

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

असार १५ किन अनि केकालि पालन गरिन्छ, यसको महत्व के छ ?

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

पुसिम्बिङ, कोठीधुराका प्रणय देवानको घर एडवर्डसले पुनर्निर्माण गरिदिए

गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न

गोरामुमो पोख्रेबुङ-चामुङ समष्टिको साङ्गठनिक र समर्थन सभा सम्पन्न

एन्सी सोजनद्वारा अन्जु बबी जर्जको २२ वर्ष पुरानो राष्ट्रिय लङ जम्प कीर्तिमान भङ्ग

एन्सी सोजनद्वारा अन्जु बबी जर्जको २२ वर्ष पुरानो राष्ट्रिय लङ जम्प कीर्तिमान भङ्ग

आजको रोजाइ