Tribute to late Sanjay

भागोपद्वारा दिवंगत सञ्जय सुब्बालाई श्रद्धाञ्जली

Share this news

भारतभरका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघ (BGP) को तर्फबाट, लखिमपुर जिल्ला समितिका अध्यक्ष गोबिन विश्वकर्माको नेतृत्वमा क्षेत्रका आजीवन सदस्यहरू लगायत भागोप नेतृत्वले आज लखिमपुरस्थित दिवंगत सञ्जय राज सुब्बाको निवासमा पुगेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सबैभन्दा गहिरो सम्मानस्वरूप, अध्यक्ष गोबिन विश्वकर्माले दिवंगत नेता सुब्बाको पार्थिव शरीरमा पुष्पमाला अर्पण गरे अनि उहाँको शवमाथि भारतीय गोर्खा परिसंघको झण्डा अर्पण गरी गोर्खा समुदायप्रतिको उहाँको अविस्मरणीय योगदानलाई सम्मान जनाए।

दुई कार्यकालसम्म नाओबोइचाका विधायक, कांग्रेसका बरिष्ठ नेता तथा असमका गोर्खा समुदायका सम्मानित समाज-राजनीतिक व्यक्तित्व दिवंगत सञ्जय राज सुब्बा स्वयं पनि भारतीय गोर्खा परिसंघका सदस्य थिए। उनका अग्रज, तीनपटक सांसद तथा परिसंघका संस्थापक संरक्षकमध्ये एक दिवंगत मनी कुमार सुब्बा पनि परिसंघसँग आवद्ध थिए।
उनको असामयिक निधनप्रति सम्पूर्ण राजनीतिक वृत्तबाट गहिरो दुःख व्यक्त गरिएको छ। असम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष तथा लोकसभामा प्रतिपक्षका उपनेता गौरव गोगोईले सुब्बालाई एक जमीनी नेताको रूपमा स्मरण गर्दै समावेशी राजनीतिका पक्षपाती र समुदाय सशक्तीकरणका प्रतिबद्ध प्रतिनिधिका रूपमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले पनि सार्वजनिक जीवनमा सुब्बाको योगदानको कदर गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान