कृषि विभागद्वारा धानखेतीबारे प्रशिक्षण

Share this news

कोलबुङ,14 जुलाई(निसं): किशानहरुलाई आधुनिक पद्धतिमा धानखेती सिकाउने तथा खेतीपातीमा प्रोत्साहन गर्ने प्रमुख उदेश्यको साथमा खण्ड कृषि विभाग दार्जीलिङ- पुलबजार खण्डको आयोजना गोक-2 ग्रामको लोवर कोलबुङमा एक दिवसीय धान रोपण प्रशिक्षण कार्यक्रम सप्पन्न गरियो। कार्यक्रममा खण्ड विकास कार्यलयबाट उपस्थिति अधिकारीहरुले धान खेतीलाई कसरी पहाडमा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा उपस्थित किसानहरुलाई बताए भने पहाडको धानखेती बिस्तार हराउदै गएकोमा चिन्ता व्यक्त गरे। यसका साथमा विभागले धानखेती तथा योसग आवद्ध किसानहरुलाई लिएर विभिन्न योजनाहरु शुरु गरेको तथा उन्नत जातीय बिउलाई पहाडमा भित्राउने प्रयास गरेको जानकार गराउदै यसलाई कसरी रोप्न सकिन्छ भन्ने बारेमा किसानहरुलाई बताए। अर्कोतिर यस्तो कार्यक्रमले किसानहरु निकै लाभान्वित हुने तथा पहाडमा घटदो धानखेतीलाई रोक्न केहि हदसम्म टेवा पुग्ने स्थानीय दिनेप कोइरालाले बताए भने जमीन बाझो राख्नुको साटो सकेसम्म खेती लगाउन सबैलाई उनले अपिल गरे।
स्थानीय राम बहादुर छेत्रीले खेतमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा तीस जनाभन्दा अधिक किसानहरुले सहभागीता जनाउदै आधुनिक धानखेतीबारे जानकारी प्राप्त गरेका थिए।
याद रहोस्, एक समयमा धानले प्रख्यात कमाएको यस क्षेत्रमा हाल धानखेती धेरै कमी आइरहेको बेला विभागीय पक्षबाट आयोजना गरिएको यस्तो कार्यक्रमले किसानहरुमा धानखेतीप्रती आकर्षक बढ्न सक्ने अपेक्षा गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न