“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

Share this news

विधानसभा अध्यक्ष एवं विधायक दरामदिन निर्वाचन क्षेत्रका एम. एन. शेर्पाको अध्यक्षतामा दरामदिन क्षेत्रका सम्पूर्ण १० वटा गाउँ पंचायत इकाई (GPU) का पञ्चायतहरूसँग एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य सिक्किम सरकारद्वारा आमाहरुलाई सशक्त बनाउने लक्ष्यसहित सुरु गरिएको “आमा योजना” को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको थियो।
यस ऐतिहासिक कार्यक्रममा अध्यक्षले जानकारी गराउँदै यस वर्षको अगस्ट १० तारिखको जनउन्मुक्ति दिवसलाई “आमा सम्मान दिवस” को रूपमा मनाइनेछ, जुन कुरा मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा आफ्नो सम्बोधनमार्फत घोषणा गरेको बताइयो।
“आमा योजना” अन्तर्गत सिक्किमभरिका १८ देखि ५९ वर्ष उमेर समूहका आमाहरू समेटिनेछन्। यस योजनाको सफल कार्यान्वयनका लागि अध्यक्षले सम्पूर्ण पञ्चायत र प्रशासनलाई सरकारी मापदण्डअनुसार नयाँ लाभार्थीहरूको सूची तयार गर्न निर्देशन दिए। साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना लाभार्थी आमाहरूलाई “आमा सम्मान दिवस”मा मुख्यमन्त्रीकै हातबाट योजना अन्तर्गतको लाभ प्रदान गरिने जानकारी दिए।

To ensure effective implementation of “Aama Yojana”.

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान