भारत नेपाल सीमा ओकेटी खडका गाउँ मुनिको कच्चा बाटोमा चार दिन अघि कसैले एउटा बिमार गाईलाई छोडिदिएको थियो। विमारी अवस्थामा लडिरहेको खबर सामाजिक संजालमा फैलिएपछि स्थानीय मानिस अनि विभिन्न निकायका मानिसहरू, ग्राम पन्चायतका निर्वाचित सदस्यहरू,एसएसबी उपस्थित रहेर गाईलाई उद्धार गर्ने भरमग्दुर चेष्टा गरेका थिए भने मिरिक प्राणी सम्पद विभागका कर्माचारीहरू पवन छेत्री ,रिया सुब्बा अनि चेतन प्रधान पनि उक्त स्थानमा पुगेर गाईको निरन्तर उपचार गरिरहेका छन्। यही क्रममा उक्त गाईको वस्तुस्थिति बुझ्न मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राई घटना स्थलमा पुगेपछि मिरिक महकुमा शासकसित परामर्श गरेर उक्त गाईलाई सुरक्षीत स्थानमा लगेर राखिने आश्वसन दिएका थिए। फलस्वरूप शुक्रबार साँझ विमारी गाईलाई जेसीभीको सहयोगद्वारा ओकेटी खड्का गाउँमा रहेको टौवासम्म ल्याएर ओतमा राखिने कार्य गरिएको छ।
विमारी गाईलाई सुरक्षित स्थानमा राखियो
- Post author:admin
- Post published:July 4, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: मिरिक