Parvati Dewan, Siliguri.

पहिले सुनौं: छोराछोरीसँग विश्वास बनाउने साँचो उपाय

Share this news

आजको द्रुत गतिमा चल्ने जीवनशैलीमा, जहाँ हरेक व्यक्ति लक्ष्य पुरा गर्न दौडिरहेको हुन्छ, त्यहाँ बाबुआमाले छोराछोरीसँग गहिरो संवाद गर्न समय निकाल्नै छाडेका छन्। तर छोराछोरीसँग स्वस्थ सम्बन्ध बनाउने सबैभन्दा शक्तिशाली र सरल उपाय के हो भने — पहिले उनीहरूलाई सुन्नुहोस्।

किन सुन्नु जरूरी छ ?

छोराछोरी पनि ठूला मानिसझैं, सुन्ने, बुझ्ने र मूल्याङ्कन गरिने चाहना राख्छन्। जब बाबुआमाले ध्यान दिएर आफ्ना छोराछोरीको कुरा सुन्छन् — चाहे उनी ६ वर्षका हुन् वा किशोर — त्यो संवादले भावनात्मक सुरक्षा सिर्जना गर्छ। यही विश्वास नै खुला संवादको आधार हो। तर यदि बाबुआमा सधैं निर्देशन दिन, दोष देखाउन वा कुरा काट्नमै लाग्छन् भने, छोराछोरी एक दिन आफ्ना कुरा लुकाउन थाल्छन्।

धेरै बाबुआमाहरू गुनासो गर्छन् कि छोराछोरी अब उनीहरूसँग कुरा गर्दैनन्। कारण सरल छ: छोराछोरी उनीहरूलाई मात्र सुन्छन् जो उनीहरूको कुरा सुन्छन्। यदि उनीहरू सुनेनन् भने, छोराछोरी आफ्नो मनभित्रै बस्न थाल्छन्।

सुन्नुर भनेको केवल सुन्ने होइन

साँचो सुन्नु भनेको धैर्य, ध्यान र सहानुभूति हो। फोन राख्नुहोस्, आफ्नो विचार रोक्नुहोस्, र छोराछोरीको संसारमा पस्नुहोस् — केही समयका लागि मात्र भए पनि। यसले ठूलो सन्देश दिन्छ: “तिमी मेरो लागि महत्वपूर्ण छौ।”

जस्तै, छोरीले साथीको झगडाबारे सुनाउँदा सायद उनी समाधान चाहन्न, सायद केवल तपाईंको साथ र समझदारी चाहिन्छ। छोराले पढाइको तनाव सुनाउँदा उनी आलोचना होइन, आत्मविश्वास चाहिरहेको हुन्छ।

नसुन्नुको असर

जब बाबुआमाले छोराछोरीको भावना वा विचारमाथि आँखा चिम्लिदिन्छन्, तब उनीहरूले:
आफू एक्लो वा नबुझेको महसुस गर्छन्,
सल्लाहका लागि साथी वा इन्टरनेटमा भर पर्न थाल्छन्,
भित्री मनमा पर्खाल उठाउँछन् जुन भत्काउन गाह्रो हुन्छ,
आत्मसम्मान गुमाउँछन् वा अभिव्यक्तिमा डराउँछन्

यो संवादहीनता विस्तारै ठूलो दूरीमा परिणत हुन सक्छ।

कसरी राम्ररी सुन्ने बाबुआमा बन्ने ?

१. पूरा ध्यान दिनुहोस्
छोराछोरीले कुरा गर्दा आफू गरिरहेको काम रोक्नुहोस् र आँखामा आँखाले हेर्नुहोस्।
२. निर्णय नगरी सुन्नुहोस्
कुरा काट्ने, ठप्प्याउने वा तुरुन्त प्रतिक्रिया नदिई पूरा कुरा सुन्नुहोस्।
३. उनीहरूको भावना दोहोर्यावउनुहोस्
जस्तै: “त्यो सुन्दा तिमीलाई दुःख लागेछ” वा “तिमी धेरै उत्साहित देखिन्छौ।”
४. हर कुरा समाधान गर्न नखोज्नुहोस्
कहिलेकाहीं उनीहरूलाई केवल मन हल्का बनाउन चाहिएको हुन्छ। सोध्नुहोस्: “तिमी सल्लाह चाहन्छौ कि म चुपचाप सुन्नु?”

५. भावना व्यक्त गर्न प्रोत्साहित गर्नुहोस्
घरमा यस्तो वातावरण बनाउनुहोस् जहाँ खुसी वा पीडा, जुनसुकै भावना सहजै व्यक्त गर्न सकिन्छ।

निष्कर्ष: सुन्नेबाट सुरु गर्नुहोस्

पालनपोषण नियन्त्रण होइन, सम्बन्ध निर्माण हो। आफ्ना छोराछोरीलाई बुझ्न चाहनुहुन्छ भने, कानले होइन, मनले सुन्नुोहोस्। त्यसपछि मात्रै उनीहरूले पनि तपाईंको कुरा सुन्न चाहनेछन्। जति तपाईंले उनीहरूलाई सुन्नुलहुन्छ, उति उनीहरू पनि तपाईंलाई सुन्छन्।।


Share this news
आजको रोजाइ
तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

तीनधारेको भानु ग्राम क्षेत्रको मैलाहरु ग्राम पञ्चायतबाट सर सफाई

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

आर्टिफिसियल इण्टिलिजेन्स च्याटजीपीटी : मानव इतिहासमा ठूलो फड्को

दशकौँदेखि डाउहिलको माथिल्लो भेकमा रोड किनारमा छोड़िराखिएको एउटा पुरानो रोलर

दशकौँदेखि डाउहिलको माथिल्लो भेकमा रोड किनारमा छोड़िराखिएको एउटा पुरानो रोलर

शहरको कतिपय स्थानमा काटिएका केबलहरू उठाउन पर्ने

शहरको कतिपय स्थानमा काटिएका केबलहरू उठाउन पर्ने

स्ट्रीट लाइट नबलेकोले मानिसहरूले भोग्दै छन् समस्या

स्ट्रीट लाइट नबलेकोले मानिसहरूले भोग्दै छन् समस्या

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

आजको रोजाइ