Raju

वैकल्पिक राजमार्गको लागि गडकरीप्रति आभार

Share this news

दार्जीलिङ जानका लागि लेबुङ, दबाई पानी, र टिस्टा हुँदै एउटा वैकल्पिक राजमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)-को काम शुरु
गराइएकोमा सड़क यातायात एवं राजमार्ग मन्त्री नितिन गडकरी अनि उनको मन्त्रालयप्रति सांसद राजु विष्टले आभार व्यक्त गरेका छन्। विष्टले यी कुरा प्रेस विज्ञप्तिसार्फत भनेका हुन्। विज्ञप्तिमा अघाडि उल्लेख छ, वैकल्पिक राजमार्ग निर्माण गरिनु क्षेत्रको जनताका लागि एउटा महत्त्वपूर्ण पाइलो हो। यसबारेमा उनले पहिलेदेखि नै गर्दै आएको अनुरोधलाई पुनः दोहोऱ्याउँदै दार्जीलिङ र सिलगढ़ीलाई जोड़्ने एउटा अर्को वैकल्पिक मार्गको मागमाथि विचार गर्ने आग्रह मन्त्री महोदयसँग गरेको बताए। ब्रिटिश शासनकालको बेलामा निर्माण गरिएको वर्तमान राष्ट्रीय राजमार्ग ११० (पहिलेको एनएच-५५) अति नै साँगुरो छ जसले गर्दा स्थानीय निवासीहरू र पर्यटकहरूले घण्टौंसम्मको जाम र तनाउको सामना गर्न परिरहेको छ समस्या पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न