साङ् डाँडामा चिया खेती समृद्धि र पर्यटनको सम्भावना

Share this news

भारत–नेपाल सीमावर्ती क्षेत्र साङ् डाँडा स्थित तेन्जिङ हिलरी पार्क परिसरमा चिया बगान बनाउने अभियान हाल तीब्र गतिमा अघि बढिरहेको छ। राज्य सरकारले अघि सारेको “सुनौलो अनि समृद्ध सिक्किम” को परिकल्पनालाई सार्थक बनाउने उद्देश्यसहित समष्टि विधायक सुदेश कुमार सुब्बाको निर्देशनमा सो कार्य प्रारम्भ गरिएको हो।
भौगोलिक हिसाबले चिया खेतीका लागि उपयुक्त मानिने यस क्षेत्रको जमीनलाई बाँझो नराखी व्यवस्थित रूपमा चिया रोप्ने योजनामा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक जुटेका छन्। हाल १० एकर पर्यटन विभागको स्वामीत्वमा रहेको जमिनमा चिया बिरुवा रोप्ने कार्यका लागि तयारी सुरु भइसकेको छ। स्थानीय जनप्रतिनिधि गणेश राईका अनुसार आगामी अगस्ट महिनासम्म यहाँ चियाका बिरुवा रोप्ने कार्यलाई तीव्रता दिइनेछ।
यस अभियानमा ग्रामीण संस्था, मनरेगाको सक्रिय सहभागिता साथै स्थानीयको श्रमदानमार्फत JCB मेसिनद्वारा जमिन सम्याउने कार्य भइरहेको छ। यसले न केवल कृषि क्षेत्रमा आत्मनिर्भरता ल्याउनेछ, तर भविष्यमा यो क्षेत्र चिया पर्यटन गन्तव्यको रूपमा पनि उदाउने अपेक्षा गरिएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान