नारी हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा 

Share this news

दार्जीलिङ, 30 नोभेम्बर (निस): नारी  हस्ताक्षर सुमित्रा अविरल मातृ शोकमा परेकी छन्।67 वर्षीय शोभा थामी नारीहरूका उत्साह र प्रेरणाका उदाहरण हुन् ।  अत्यन्त दुःखको साथ यस समाचारलाई साझा गर्न गरिरहेछौं कि सामाजिक कार्यकर्ता साथै विविध विधाका एक कर्मठ नारी सदस्य स्थानीय तल्लो तुङसुङ बस्ती,  हर्ली गाउँ निवासी 67 वर्षीय शोभा थामीको सिलगढीको एक नरसिंह होममा उपचारको क्रममा 28 नोभेम्बरको दिन  दिउँसो आकस्मिक निधन भयो। जसले आफ्नो जातिको संस्कृति, संस्कार र जातिय गतिविधिहरूमाथि आफू सधैँ सचेत र सजग रहेर अघि बड़ेर केही न केही गरिरहन्थे। उनी यस्ता साहसिक महिला हुन् जसले एक शिक्षित निरूत्साहित रहेर लाचार बनेका निष्क्रिय व्यक्तिले भन्दा शोभा थामीले ठूलो कार्यहरू उनले गरिसकेको क्षेत्रवासी बताउँछन्।
जसले हाम्रो समाजलाई गीति एल्बमदेखि थामी भाषा सिक्न चाहने इच्छुक मानिसहरूले सहज अनि सरल भाषामा एउटा गत्तिलो कृतिलाई जन्म दिएकी थिइन्। दार्जीलिङको तल्लो तुङसुङ बस्ती, हली गाउँ निवासी मानवीर थामी अनि धनमाया थामीको कोखबाट जन्म ग्रहण गरेकी शोभा थामीले परिवारको जेठी छोरीको रूपमा जन्म लिएकी हुन्।
 गाउँ विकासको निम्ति सबै नारीहरू मिलेर विगत 7 जुलाई १९८७-८९ सालमा तल्लो तुङसुङमा ‘लोअर तुङसुङ गाउँ सुधार नारी समिति’-को स्थापना गरेपछि उनलाई नारी समूहले अध्यक्षको पदभार सम्हालेका पनि थिए।
ग्त 2002 सालमा आफ्नै निर्माणमा थामी जातिका बाह्र देवी-देवताहरूका स्तुतिलाई लट्टे थामी झाँक्रीद्वारा प्रस्तुत गरिएको स्तुतिमाथि आधारित एल्बम अनि ८ वटा थामी भाषाका गीतहरू संलग्न गरिएको गीति एल्बम ‘निको आमाको आशिष-यी दुई एल्बम-लाई एकैसाथ सार्वजनिक गरेकी थिइन्। यसै समय निको देवाको पालाके-थामी स्तुतिको एल्बम पनि सार्वजनिक गरेकी थिइन्। उनको यस्तै जाँगरिला क्रियाकलापकै कारण उनलाई ‘थ्रीफ्ट एण्ड क्रेडिट सोसाइटी’ 2000 सालमा उनले अध्यक्षको पदभार सम्हालेका पनि थिए।‘थामी वेलफेयर एसोसिएसन दार्जीलिमा 2002 सालदेखि 2004 अनि 2005 सालदेखि 2010 सालसम्म उपाध्यक्षारूपमा काम गरिसकेकी थिइन्। यसबाहेक उनले थामी जातिको निम्ति निकै वर्ष खर्चेर अथक परिश्रम गरेर गत 2013 सालमा थामी कुराकानी, ‘थाङमी वाखे खाम’ कृतिलाई प्रकाशमा ल्याउन सक्षम बनेकी थिइन्। जुन कार्यलाई थामी जातिको इतिहासमा एउटा छुट्टै स्थान दिन सकिने कार्य उनले गरेकी छन्। यस कृतिमा थामी भाषाका बोलचाली भाषालाई नेपाली अनि अंग्रेजी भाषामा अनुवादन गरेर समावेश गरिएको हुनाले यस कृतिको छुट्टै महत्त्व रहेको पाइन्छ। जसलाई थामी जातिले सहज अनि सरलरूपमा अभ्यास गर्नसक्ने छन्। उनको यस्ता महत् कार्यलाई हो मा होस्टे दिएर उनका घर परिवारका सम्पूर्ण छोरा-छोरीहरू क्रमैले सुमित्रा अविरल जो एक वरिष्ठ साहित्यकार हुन्, विकास थामी, विराज थामी अनि सरिता थामीले पनि प्रकाशन व्यवस्थामा साथ दिएर आफ्ना आमाको हौसला बड़ाउने कार्य गरेका छन्।

शोभा थामी

184१) पृष्ठको यस पुस्तकले थामी जातिलाई अवश्य नै साथ र सहयोग दिनेछन् भन्ने मान्न सकिन्छ। यस कृतिभित्र दार्जीलिङका वरिष्ठ सर्जकवर्गद्वारा प्रेरणास्वरूप मनोभावहरू लेखिएका छन्। यसबाहेक उनले थामी भाषामा आधारित कृतिहरू‘बारादेव पालाखे गुरू, वाचिन्टे ङ्योड़ि सुम्चिप सुमदाङको देवकाई पुडासा, ठोल्सा, षुतिषा पालाखे-लाई पाठकसमक्ष ल्याइसकेकी छन् यसको साथै । गीति एल्बमहरु निको देवाको पालाखे, निको आमाको आशिष श्रोता समक्ष सार्वजनिक गरिसकेकी छन्। स्व. थामीले आफूपछि आफ्ना छोरा, बुहारी, छोरी, ज्वाँई, नाता, नातिनीलगायत परिवारलाई छोडे़र गएकी छन्। उनको आकस्मिक निधनमा गहिरो शोक प्रकट गर्दै चिर आत्मा शान्तिको निम्ति ईश्वरसँग कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं। उनकी निधनमा गहिरो शोक प्रकट गर्दै वसुधा भारतीय नेपाली नारी लेखिका मञ्च, वरदान सम्मान समूह, संकल्प प्रोडक्सनद्वारा स्व. थामीको चिर आत्मा शान्तिको कामना स्वरसँग गर्दै शोकित परिवारमा समवेदना प्रकट गरेका छन् भनी पत्रकार सबिता संकल्पले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
वर्तमानमा गोर्खा जातिमा छैटौँअनुसुची उम्केको माछा ठूलो भने झैं भएको छः गोरामुमो

वर्तमानमा गोर्खा जातिमा छैटौँअनुसुची उम्केको माछा ठूलो भने झैं भएको छः गोरामुमो

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

गोर्खा जातिको भावनासंग खेल्ने भोट व्यापारी होसियार भन्दै आईजीजेएफद्वारा खरसाङ्मा पोस्टरिङ

मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

मन्टभियट रोडमा फोहोर-मैला थुप्रिने क्रम बढ़दैछ

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

मुण्डाकोठी उच्च विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न

डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन

डीएचआर रेलसेवामा थप क्षमताको दुईवटा डीजल इञ्जिन

फलाई राम्रो रहेकोले उत्साहित छन् सिविटारका सुन्तला कृषकहरू

फलाई राम्रो रहेकोले उत्साहित छन् सिविटारका सुन्तला कृषकहरू

अझ पनि बीएलओहरूले एसआईआरको फारम बुझाउने कार्य सिद्ध्याएका छैनन्

अझ पनि बीएलओहरूले एसआईआरको फारम बुझाउने कार्य सिद्ध्याएका छैनन्

शिक्षाविद कमलचन्द्र राईको निधन

शिक्षाविद कमलचन्द्र राईको निधन

आजको रोजाइ