भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन

Share this news

तीनधारे, (निसं): को लागि शिवखोलामा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एवं खरसाङ महकुमा समितिको सदस्य सीबी राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एवं मालुटार बुथ कमिटीको सभापति नरेश राईले सञ्चालन गरेका थिए। सभालाई तीनधारे महानदी समष्टिको पर्यवेक्षक एंव सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति केन्द्रीय उपाध्यक्ष निरेन लामा, सिमरिङ बुथबाट सभापति डीबी सुब्बा, सिपाहीधुरा बुथबाट राजीव राई, नरबुङ बुथबाट संयोजक प्रणय देवान आदिले वक्तव्य राखेका थिए। यसको साथै शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठनको लागि चयन गरिएका संयोजक सह संयोजकहरुले वक्तव्य राखेका थिए। सभामा तीनधारे महानदी समष्टिको उपाध्यक्ष धिरेन प्रधान, राजु लामा, युवा शक्तिको समष्टि सभापति केवल राई, शिवखोल ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, पञ्चायत समिति सदस्या अनिरा तामाङ, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा शिवखोला ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति प्रणय देवान, सचिव अनिरा तामाङ र अन्य पदाधिकारीहरु चयन गरिएका छन्‌‍। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ