खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीको वार्षिक सभा सम्पन्न

Share this news

खरसाङ,  (निसं): खरसाङ्को गोर्खा जनपुस्तकालय भवनको प्रेक्षा गृहमा भयो। संस्थाका उपाध्यक्ष मुकुल तामाङ्को अध्यक्षतामा सम्पन्न यो सभाको आरम्भ पास्टर डा. अजय छेत्रीको प्रारम्भिक प्रार्थना अनि बाईबलका वचनबाट गरिएको थियो। खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटीका मुख्य सचिव दीपक लेप्चाले स्वागत भाषण राखेका सभामा संस्थाका सहसचिव सिलभिस्टर लेप्चाले विगत सभाको प्रतिवेदन पठन गरेका थिए। वर्ष 2025 मा खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले ग्रुड फ्राईडेको अवसरमा रक्तदान शिविर आयोजना गरेको अनि सम्पूर्ण धार्मिक अल्पसङ्ख्यकहरूलाई बोलाएर सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरूको बारेमा जनचेतना कार्यक्रमको आयोजना गरेको संस्थाका प्रमुख सचिव दीपक लेप्चाले सोसाइटीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभामा जानकारी गराए। भारतीय महिला फूटबल टीमका प्रशिक्षक क्रिस्पीन छेत्री, वरिष्ठ फुटबल खेलाड़ीहरू दिनेश थापा, धर्मराज राणा अनि प्रकाश लामालाई उनीहरूले खेल जगतमा पुऱ्याएका उल्लेखयोग्य योगदानहरूलाई सम्मान गर्दै सोसाइटी अनि सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका 1988 सालमा माध्यमिक उत्तीर्ण विद्यार्थीहरूको समुह फेन्ड्रस फर एभरले संयुक्त रुपमा सम्मान जनाएको दीपक लेप्चाले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेका थिए। सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय अनि सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको नजिक निरन्तर वाहानद्वारा दुर्घटना घटने गरेकोले विद्यार्थी लगायत आम मानिसहरूको सुरक्षाको निम्ति खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीले राष्ट्रिय राज मार्ग 101 का पदाधिकारीगण, पीडब्लुडी अभियन्ता तपस मण्डल, खरसाङ्का भूतपूर्व महकुमा अधिकारी विन्दावासी तेजा दीपक, खरसाङ चिम्नी देवराली 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा अनि खरसाङ ट्राफिक पुलिस अधिकारी वीरेन छेत्रीलाई ज्ञापन पत्र चड़ाए विद्यालय नजिकको राष्ट्रिय राजमार्गमा स्पिड़ ब्रेकर, जेब्रा क्रसिङ, ट्राफिक नियन्त्रणका साइनबोर्डहरु जड़ान गराउन सफल बनेको पनि तिनले आफ्नो प्रतिवेदनमा बताए। अल्पसङ्ख्यक प्रमाण पत्र, अनुसूचित जाति-जनजाति प्रमाण पत्र, अन्य पछौटे वर्गकाहरूलाई प्रमाण पत्रहरूको निम्ति प्रमाण पत्र अनि सहुलियतहरूको जानकारी लेप्चाले सभामा गराए। सन्त पवल क्याथोलिक समाजको आयोजनामा हालैमा सिमेट्री सम्बन्धमा बसेको सभा र आगामी दिसम्बर महिनामा संयुक्त रुपमा क्रिशमस क्यारोल न्याली आयोजना गरिने विषयमा संस्थाका उपाध्यक्ष पास्टर तिरस राईले सभामा जानकारी गराए। सभाका अध्यक्ष मुकुल तामाङले सबै ईसाईहरू एक भएर अधि बढ़ने आह्वान आफ्नो सम्बोधनमा गरे। सिलभिस्टर लेप्चाद्वारा सञ्चालन गरिएको यस वार्षिक सभामा सन्त मेरिज हिलको सन्त व्रर्कमान्स चर्चका पल्ली पुरोहित फादर प्रदीप राई, डाक्टर पास्टर अजय छेत्री, प्रतिमा सेवा, रवी तोलङ्गी लगायत विभिन्न सदस्यहरूले आफ्नो सम्बोधन राखेका थिए। सभामा खरसाङ लगायत वरिपरि क्षेत्रका गिर्जा घरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । फादर प्रदीप राईद्वारा धन्यवादको प्रार्थना अर्पण गरिएको सभामा दीपक लेप्चानै धन्यवाद ज्ञापन गरेका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ