हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

Share this news

सुकेपोखरी, १९ अगस्त २०२५ Lakpa Sherpa
राज्यकी माननीय मुख्यमन्त्री ममता बनर्जीको प्रेरणा र निर्देशनअनुसार दार्जिलिङ जिल्ला प्रशासनद्वारा लोवर सोनादा एक ग्राम पन्चायत अन्तर्गत न्यु लाइट भवनमा ‘हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना गरिएको छ।
यो शिविर जोरबङलो–सुकेपोखरी खण्ड विकास अन्तर्गत पर्ने वार्ड नं. २४/१०, २४/११ र २४/१२ का स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको थियो। शिविरमार्फत जनतालाई आधारभूत सेवा–सुविधा उपलब्ध गराउने, समस्याहरू सुनी समाधान प्रक्रिया अघि बढाउने तथा राज्य सरकारका विभिन्न योजनाबारे जानकारी र पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो।
शिविरमा पश्चिम बंगाल सरकारका सचिव (वित्त विभाग) श्री देवी प्रसाद कर्नाम, IAS, दार्जिलिङका अतिरिक्त जिल्लापाल (साधारण) श्री सुमित कुमार राई, IAS, सदर महकमा अधिकारी श्री रिचार्ड लेप्चा, जिल्ला पन्चांयत एव ग्रामिन बिकास अधिकारी
लोपसाड लामा,पंचायत समिति सभापति सोना डोमा वाड्दी डुक्पा, सहकारी सभापति मनखुस राई, खण्ड विकास अधिकारी अर्ध्य गुह,
सि बि आई सोनादा शाखा प्रबन्धक सुबम मण्डल, ग्राम पन्चायत प्रधान बेजन्ती तामाङ, उपप्रधान ठिलेन लामा तथा अन्य जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
शिविरको दोस्रो सत्रमा क्रेडिट लिडकेजमार्फत लाभार्थी स्वनिर्भर समूहलाई स्वीकृति पत्र वितरण तथा सबुजश्री योजना अन्तर्गत बिरुवा वितरण गरियो।
यस कार्यक्रममार्फत राज्य सरकारको “हाम्रो गाउँ, हाम्रो समाधान” अभियानले स्थानीय जनतालाई प्रत्यक्ष रूपमा सेवासुविधा प्रदान गर्दै गाउँ–गाउँमा पहुँच सुनिश्चित गर्ने लक्ष्यलाई थप सबल बनाएको छ।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न