नेपाली भाषा प्रयोगमा जोड दिदै विद्यार्थी महासंघको पुर्णाङ्क समिति गठन

Share this news

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ, केन्द्रीय समितिको पूर्णाङ्क समिति गठन गरिएको छ। दार्जीलिङ शहर स्थित भारतीय प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टी कार्यालयमा भएको सभामा महासंघको अध्यक्ष विश्वास गुरूङको अध्यक्षतामा सम्पन्न उक्त समितिको पदाधिकारीहरूको चयन गरियो, जसमा, अध्यक्ष  विश्वास गुरुङ, कार्यकारी अध्यक्ष विश्वास क्षेत्री यसरी नै सन्दीप क्षेत्री उपाध्यक्ष, डेविस क्षेत्री उपाध्यक्ष,निरेन गुरुङ उपाध्यक्ष,विवेक गोले उपाध्यक्ष,भुपेन्द्र क्षेत्री महासचिव, सागर शर्मा सह-सचिव, विवेक गोले,सह-सचिव,क्षितिज तामाङ साङ्गठनिक सचिव, जशयन्त गिरी साङ्गठनिक सचिव,सन्दीप दियाली  प्रवक्ता,राकेश ढकाल प्रवक्ता,रुशाद ब्लोन कानूनी सहायक, दावा भुटिया कानूनी सहायक,कार्यकारिणी सदस्यहरूमा विनय गुरुङ, कर्म वाङ्क्षुक डुकपा,देवाशीष जोशी, दिवस क्षेत्री, बृजेश तामाङ सृलिया लेप्चा,योगेश गुरुङ, दीपेन मुखिया,विवेक भण्डारी, लेखनाथ गिरी, रोसन राई,साम्देन मोक्तानलाई चयन गरियो।
सभामा उपस्थित वक्ताहरूले विभिन्न महाविद्यालयमा रहेका विद्यार्थीहरूलाई महासंघको महत्व र भूमिका बारे जानकारी गराएका थिए। आगामी 20 अगस्त नेपाली भाषा मान्यता दिवस भव्य रूपमा मनाउने निर्णय महासंघले गर्‍यो भने  प्रत्येक महाविद्यालय, विद्यालय, कार्यालय तथा पसलहरूमा नेपालीमा लेखिएका साइन बोर्ड-हरू अनिवार्य गर्ने अभियान सञ्चालन गरिने जानकारी समेत सभामा दिइएको थियो। आजको सभा फलदायक रहेको र सम्पूर्ण उपस्थित विधार्थीहरूलाई महासंघले धन्यवाद जनाएको छ।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न