विधायक जिम्बाद्वारा स्ट्रीट लाइट जडान गर्ने कार्यमा तीब्रता

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाको पहलमा आफ्नो विधायक निधि (MLA LAD Funds) अन्तर्गत दार्जीलिङ पहाडको विभिन्न क्षेत्रमा सौर्य स्ट्रीट लाईट जडान गर्ने कार्य तीब्र गतिमा अगि बडिरहेको छ। यसैक्रममा सुके पोखरी खण्ड बिकास अन्तर्गत पर्मागुडी ताम्साङ ग्राम पन्चायतका ताम्साङ क्षेत्रहरु मोतीधुरा, लिम्बुधुरा, कालुधुरा, सुरसिङ धुरा अनि गोदाम धुरामा स्ट्रीट लाईट जडान गरेको गोरामुमो तुङसुङ मेरिबुङ समष्टिका युवा नेता टाँशी छिरिङ भुटियाले जानकारी दिएका छन्। उनले थप जानकारी गराए अनुसार ताम्साङ क्षेत्रका गाउँ घरमा राति अँध्यारो भएको कारण धेरै समस्याहरु भोग्नु परेको कारण विधायक निरज जिम्बालाई जानकारी गराए पछि वहाँ द्वारा १० थान स्ट्रीट लाईट प्रदान गरेका हुन् । टाँशी छितेन भुटियाले जानकारी दिए अनुसार कुल लागत ३,५१,५८० मा जडान गरिएको स्ट्रीट लाईटले
सुरक्षित ग्रामीण बाटो र सबल सामुदायिक सुविधा प्राप्त भएको छ। यस कार्यको लागि स्थानीय ताम्साङ ग्रामवासीको तर्फबाट छितेन टाँशी भुटियाले विधायक निरज जिम्बालाई हार्दिक आभार व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान