State Chief Minister Ms. Mamata Banerjee

राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीको केन्द्र सरकारलाई कटाक्ष

Share this news

उत्तर बङ्गाल भ्रमणमा आएकी राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले दार्जीलिङको पहिरो पीडितहरूको लागि केन्द्र सरकारले एक पैसा पनि नदिएको आरोप लगाएकी छिन्। मुख्यमन्त्री ब्यानर्जीले, त्यस्तो प्राकृतिक प्रकोपमा केन्द्रबाट कोही पनि दार्जीलिङ नआएको आरोप लगाइन्। उनले भनिन्, केन्द्र सरकारले बङ्गालबाट पैसा उठाएर लगिरहेको छ, तर आवश्यक परेको बेला पैसा दिएको छैन। पहिरो पीडितहरूलाई राज्यले राहत दिइरहेको बताइन्।
मुख्यमन्त्री ब्यानर्जीले चुनाव आयोगलाई कडारुपले आक्रमण गर्दै भनिन्, यो एसआइआर स्थगित गर्नुपर्छ। किनकि करौडौं मानिसहरूले एसआइआरको फारम पाउन सकेिरहेका छैनन्। यति छोटो समयमा बीएलओहरूलाई घर-घर गएर फारम वितरण गर्ने समय नै छैन। किनकि फरवरीमा अघिलेलो चुनावको लागि मिति घोषणा गर्नु पर्ने हो। यो समयमा राज्यले कुनै काम गर्न नपाओस् भनेर सुपर एमरजन्सी जस्तो अवस्था सृजना गरी राज्यका अधिकारीहरूलाई रोकेर राखिएको छ। शिक्षकहरूलाई स्कूल पनि जान परिरहेको छ भने बीएलओको काम पनि सम्हाल्न परिरहेको छ। बीएलओको काम लिएर उनीहरू घर-घर जानपर्छष दुइ घन्टामा कति घर पो जान सक्छन् ? उनले प्रश्न गरिन्। मुख्यमन्त्री ब्यानर्जीले, एसआइआरको कार्यले मानिसहरूमा त्रास फैलिएको छ। तर एकैजना पनि वैध मतदाताको नाम सूचीबाट हट्यो भने नछोड्ने बताइन्।


Share this news
आजको रोजाइ
गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

आइजीजेएफले इन्टरलोक्युटरलाई अन्तरात्मादेखि स्वागत जनाउने

आइजीजेएफले इन्टरलोक्युटरलाई अन्तरात्मादेखि स्वागत जनाउने

मुख्यमन्त्रीको सम्बोधनपछि पैह्राे पीडितहरूलाई क्षतिपूर्ति वितरण

मुख्यमन्त्रीको सम्बोधनपछि पैह्राे पीडितहरूलाई क्षतिपूर्ति वितरण

आजको रोजाइ