IGJF will extend a warm
IGJF will extend a warm

आइजीजेएफले इन्टरलोक्युटरलाई अन्तरात्मादेखि स्वागत जनाउने

Share this news

बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउछ, त्यहाँ जान हामी तयार रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवडर्स प्रेस विज्ञाप्ति जारी गर्दै बताएका छन्। गोर्खा जन मुक्ति मोर्चाले बोलाएको सर्वदलीय बैठकमा हामी उपस्थित हुन सकेनौं। महिना दिनअघि नै शहीद खडका माया शर्माको सालिग उदघाटनको कार्यक्रम तय भएको हुनाले आयोजित सर्वदलीय बैठकमा उपस्थित हुन सकेनौं। उनले यस विषयमा गोर्खा जन मुक्ति मोर्चाको संस्थापक अध्यक्ष विमल गुरूङलाई पत्र लेखेर जानकारी गराउने कार्य समेत गरी सकेको बताए। शहीदको कार्यक्रम स्थगित गर्न मिल्दैन, बंगालदेखि अलग हुने निर्णय हो भने तपाईंहरूले हामीलाई जहाँ बोलाउनु हुन्छ हामी त्यहाँ आउन तयार रहेको एडवडर्सले बताए। बंगालदेखि अलग हुने कार्यक्रमलाई एकतामा आउनु हो भने हामी तपाईहरूले जहाँ बोलाउनु हुन्छ, हामी त्यहाँ आउन तयार छौं। तर बंगालभित्रकै कुनै ब्यवस्था, प्याकेज, जीटीए जस्तै ब्यवस्थाको लागि हो भने हामी त्यसमा सहभागिता जनाउननसक्ने उनले बताए। कुनै सङ्गठनले बंगालदेखि अलग हुने तथा छुटिने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ हामी त्यहाँ आइपुग्ने उनले बताए। हामी भाजपा गठबन्धनमा छैनौंं भन्दै एडवडर्सले भाजपाद्वारा झुक्काउँदै आएको सवैलाई थाह छ, आयोजित सर्वदलीय बैठकमा हामीलाई आमन्त्रित गरेको थियो, तर हाम्रै पूर्व घोषित कार्यक्रमको कारणले गर्दा गोजमुमोको हामी अल पार्टी मिटिङमा उपस्थित हुन सकेनौं। छुटटै राज्य गोर्खाल्याण्ड गठनको निम्ति प्राणको आहुति दिनेहरूलाई हामीले भूल्न हुँदैन। त्यसैकारण मैले विमल गुुरूङ दाजूुलाई पत्र लेखेर जानकारी समेत गराएको हो। केन्द्र सरकारले नियुक्ति गरेको इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौ,त्यसकारण हामीले इन्टरलोक्युटरलाई भित्रै आत्मादेखि नै स्वागत जनाएका छौ।जब इन्टरलोक्युटर आँउछन्, हामी उनीसंग अवश्यै भेट गर्नेछौं अनि हाम्रो पक्ष उनीसंग स्पष्ट राख्ने एडवडर्सले बताए। हाम्रो मांग बंगालदेखि अलग हुने हो अनि यो कुरा हामी इन्टरलोक्युटर समक्ष स्पष्टसंग राख्नेछौं।अलग राज्य तथा हामी गोर्खाल्याण्ड पन्थीहरूले एकै दिनमा हामीले हाम्रो मांग विषय बारे चर्चा गरेर त्यसमाथि सहमत बन्न सक्छौं। हामीले सुन्दैछौं इन्टरलोक्युटरले सवै राजनीति पार्टीहरूसंग बसेर काम गर्ने निर्णय बनाएका छन,हामीलाई पनि उनले एक राजनीति पार्टीको रूपमा हेर्छन् भने हामी हाम्रो पक्ष उनी समक्ष राख्ने छौं। तर हामी इन्टरलोक्युटरलाई अन्तरात्मादेखि नै स्वागत जनाउने एडवडर्सले बताए।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ