गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

Share this news

पेशोक, 11 नोभेम्बर(निसं):गर्लाङ स्वर्ण गोल्ड कपको फाईनल खेल आइतबार गर्लाङ स्टेडियम-मा रंगार्ंग कार्यक्रमको साथमा समापन भयो। खचाखच खेलप्रेमी दर्शकहरुले भरिएको गर्लाङ स्टेडियम-मा इण्डिपेन्डेन्स ब्रदर्स स्पोर्टिङ क्लब (आईबीएससी)-को आयोजनामा गत पाँच अक्टोबरदेखि शुरु भएको गर्लाङ गोल्ड कप-को चुडान्त खेल आइतबार गर्लाङ स्टेडियम-मा विविध रंगार्ंग कार्यक्रमको साथ सम्पन्न भयो। जीटीए प्रमुख कार्यपाल अनित थापाको मुख्य अतिथ्यमा सम्पन्न उक्त चुडान्त खेल युकेएफसी खरसाङ अनि जर्जियन एफसी कालेबुङ माझ घमासान भएको खेलमा दुबै दलले निक्कै कसरत गर्दै  आफ्नो खेल प्रदर्शन गरे भने मध्यान्तर अघि दुवै दलले एक एक गोल गरेर बराबरी बने भने मध्यान्तर पछि पनि एक एक गोल गरेर पुनः बराबरीमा आए पछि पेनल्टी शुटआउट्मा युकेअएफसी, खरसाङ गर्लाङ गोल्ड्कप 2025 को विजेता बन्यो। मुख्य अतिथि जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिन्सट्रेसन)  प्रमुख कार्यपाल अनित थापा , जीटीएका मुख्य सल्लाहकार अमर लामा अनि विशिष्ट अतिथिवर्गको हातबाट विजेता दललाई नगद राशी चार लाख, गोल्ड कप, अनि उप-विजेता दललाई नगद राशी दुईलाख ,स्वर्णकप एवं पारितोषिक प्रदान गरियो। हजारौको संख्यामा खेलप्रेमीले भरिएको गर्लाङ स्टेडियम-को खेलले मानिसहरुमा निक्कै उत्साह जगाएको थियो । गर्लाङ गोल्ड कपको विजेता बने पछि युकेअएफसी खरसाङका दल कप्तानले खुशी व्यक्त गरे ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ