Siyaram Sanatani Mahasabha

सियाराम सनातनी महासभाद्वारा विधवाहरूलाई आर्थिक सहयोग

Share this news

दार्जीलिङ सियाराम सनातनी महासभा सङ्गठनको पक्षबाट सत्तरी वर्षदखि माथिका हिन्दु र बौद्ध विधवाहरूलाई दोस्रो मासिक आर्थिक सहयोग पाँच सय प्रति व्यक्ति वितरण गरिएको थियो।
मङपु बस विसौनी नजीक मेगा ग्यास परिसरमा यो वितरण कार्य शुक्रबार दार्जीलिङ सियाराम सनातनी महासभा सङ्गठनकी अध्यक्ष श्रीमती अञ्जु राई, सचिव चन्द्रकला राई गुरूङ, मङपु शाखा अध्यक्ष हरिओम निरौला, राष्ट्रिय गुरु आचार्य परमेश्वर कृष्ण दासजी, कपिल लोहार, श्रीमती शकुन मुखिया, श्रीमती मीनु गुरूङ, विमल छेत्री, श्रीमती दिपुजा गुरूङ, विनोद कुमार शर्मा, सूर्यकुमार राई, अनन्तलाल शर्मा आदिको उपस्थितिमा रकम वितरण गरिएको थियो। उक्त आर्थिक सहयोगको बारेमा बोल्दै दार्जीलिङ जिल्ला सचिव चन्द्रकला राई गुरूङले यी महिलाहरूलाई सुस्वास्थ्य, दसैं र तिहारको शुभकामना व्यक्त गरिन्। कार्यक्रमको समापनमा दार्जीलिङ जिल्ला अध्यक्ष श्रीमती अञ्जु राईले श्रीराम नवमी उत्सव समिति, दार्जीलिङको तत्वावधानमा धार्मिक प्रतियोगितामा ८ देखि १४ वर्षसम्मका नानीहरूले भाग लिनसक्ने घोषणा गरिन्। यसको आवेदन फारमा निरौला पूजा सामग्री पसलबाट लिन सकिने जानकारी पनि दिइन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न