Sixth Schedule Agreement Day Observance

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीद्वारा २१औं छैटौं अनुसूची सम्झौता दिवस समारोह भब्य रुपमा पालन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई भूषण देवानले संचालन गरेका थिए। गोरामुमो शीर्ष नेतृत्व पारस गुरुङ प्रमुख अतिथि रहेको समारोहमा प्रमुख वक्ताको रुपमा एनबी छेत्री, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, भ्रातृसंगठनका सम्पूर्ण प्रतिनिधिवर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थितिमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बीरमा दीप प्रज्वलन गरि विभिन्न संस्कृतिक कार्यक्रम बीच छैटौं अनुसूची सम्झौता दिवस समारोह सम्पन्न गरिएको थियो। गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राईले आफ्नो वक्तव्य राख्दै भने, अब सम्पूर्ण क्षेत्रीय पार्टीले पनि छैटौं अनुसूची भन्नु पर्छ। भारत सरकारद्वारा गोर्खाहरुको मुद्दाको निम्ति नियुक्ति गरेको सरकारी वार्ताकारलाई एउटै आवाज भएर बताउनु पर्छ। सरकारी वार्ताकार बीजेपीले पठाएको भन्ने हल्ला पिट्दैछ। तर सरकारी वार्ताकार भारत सरकारले पठाएको हो।
छैटौं अनुसुचीको सम्झौतामा भारतको केन्द्र सरकार, राज्यसरकारले हस्ताक्षर गरेको छ हाम्रोमा डकुमेन्ट छ। सुवास घिसिङले छैटौं अनुसूची मागेको कारण यो भूभागलाई गोर्खाहरुको नाममा रेजिस्ट्रेसन गराउनुको निम्ति हो। छैटौं अनुसूची भनेको गोर्खाको किपट हो। जीटीए के हो भन्दै आनन्द राईले प्रश्न गरे। दागोपापले गोर्खाहरुलाई सुरक्षा दिएको छ जीटीएले खोइ सुरक्षा दिएको ? बेची खायो पहाडको नेताहरुले, आनन्द राईले आफ्नो वक्तव्यको क्रममा भने। प्रमुख वक्ताको रुपमा बोल्दै एनबी छेत्रीले भने, २०१९ देखि गोरामुमोले भित्र-भित्र गोर्खाहरुको मुद्दाको निम्ति काम गरिसकेको छ, हामीले हल्ला गरेको छैनौं। गोरामुमो आफ्नो मुद्दामा एक इन्च पनि पछि हटेको छैन। गोर्खाल्याण्ड भयो भने पनि माटोको ग्यारेन्टी छैन। तर छैटौं अनुसूची भयो भने माटोको ग्यारेन्टी हुन्छ। सुवास घिसिङले माटोको सुरक्षाको निम्तिनै आन्दोलन गर्नु सिकाएको हो। हामीलाई बंगालले दबाएर राखेको छ आरक्षणमा हामीलाई छुट्टाएको छ। यी सबै कुराबाट मुक्ति पाउनु भनेको नै छैटौं अनुसूची एउटा औषधि हो। २००५ मा छैटौं अनुसूची भएको भए आज न त हाम्रो जमीन अरुलाई बेच्नु पाउँथ्यो न त किन्नु पाउँथ्यो। २०१९ मा हामी बीजेपी गठबन्धनमा जादा पनि गोरामुमोले एउटा ज्ञापनपत्र दिएका थियौं त्यसमा गोरामुमोले छैटौं अनुसुची भन्दा मुनिको ब्यवस्था मान्दैनौं। यदि केन्द्र शासित राज्य दिन्छौं भने छैटौं अनुसुचीको आत्मा हुन पर्छ भनेर ज्ञापनपत्रमा उल्लेख गरेका छौँ।
दागोपापको समयमा नर्सिङ्गको कोटामा ५० मा ४९ जना पहाडको विद्यार्थीहरुको कोटा हुन्थ्यो अहिले मात्र १ जना हुन्छ यस्तो छ पहाडको अवस्था जीटीए बोल्नु सक्दैन। कोलकाता संग बोल्नु वाक्य बसेको जस्तै हुन्छ जीटीए। अहिले चुनावको समयमा बाटो र सार्वजनिक भवनको शिलान्यास गर्दैछ। बाटो र सार्वजनिक भवनले गोर्खाहरुको सुरक्षा गर्छ ? गोरामुमोले माटोको सुरक्षा नभएको सम्झौतामा पट्ट्कै हस्ताक्षर गर्ने छैन। गोरामुमो आफ्नो मुद्दाप्रति एक इन्च पनि पछि हटेको छैन। जीटीएको चुनावमा हामीले नजानु भन्दा र्‍याल चुहाउँदै नाच्दै गएको हो, यदि जीटीएको चुनाव सबैले बहिष्कार गरेको भए आज हाम्रो समस्याको समाधान भइसक्ने थियो। तर अब जीटीएको आयु लामो नभएको एन बी छेत्रीले आफ्नो वक्तव्यको क्रममा बताए।


Share this news
आजको रोजाइ
मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

पर्यटकको प्रतीक्षामा अवहेलित जामुने

धान उठाउन लाग्दा मौसमले दियो साथ

धान उठाउन लाग्दा मौसमले दियो साथ