Sixth program organized under Arnova's Silver Jubilee

आरनोवाको रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रम आयोजित

Share this news

देशको राजधानी नयाँ दिल्लीमा स्थापित अनि सिलगढीमा सञ्चालित आरनोवा संस्थानले एक वर्षव्यापी रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रमको आयोजन आइतबार गरेको थियो। सिलगढीको चम्पासरी स्थित आरनोवा भवनको राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत मञ्चमा आयोजित कार्यक्रमको अध्यक्षता अवकाशप्राप्त पुलीस अधिकारी तथा आरनोवाका उपाध्यक्ष सन्तोषमणि राईले गरेका थिए। कार्यक्रममा गत २१ सेप्टेम्बरमा आयोजित रजत जयन्ती अन्तर्गत पाँचौं कार्यक्रम रीना सुब्बाकृत “परिवर्तित अनुहार”विषयको विमर्शमाथि चर्चा गरियो। त्यसपछिको कविता गोष्ठीमा मेनका तामङ, दिवाकर शर्मा ढुङ्गेल र सन्तोषमणि राईले आ-आफ्नो कविता प्रस्तुत गरे भने सञ्जीव श्रीमलले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत लिखित कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा आरनोवाले आयोजन गर्ने आगामी सातौं र आठौं कार्यक्रमहरूको रुपरेखा र घोषणा आरनोवाका संस्थापक रुबेन गुरूङले गर्दै दुवै कार्यक्रमलाई सफल पार्न सदस्यहरूलाई आह्वान गरेका थिए। कार्यक्रममा स्वागत वक्तव्य उपाध्यक्ष मोहन लुइँटेलद्वारा गरिएको थियो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष सुनिता राईले र कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य सङ्गीता राईले गरेकी थिइन्।


Share this news
आजको रोजाइ
मानवपकारी हाम्रो छहारीले घडेरीको व्यस्थापन गर्ने पहल गर्दै

मानवपकारी हाम्रो छहारीले घडेरीको व्यस्थापन गर्ने पहल गर्दै

हेडमास्टर एशाे.बाट पैह्राे पीडितलाई अस्सी हजार प्रदान

हेडमास्टर एशाे.बाट पैह्राे पीडितलाई अस्सी हजार प्रदान

मानिसहरूलाई स्वस्थ रहने तरीका सिकाउँदै रमेश सिंह छेत्री

मानिसहरूलाई स्वस्थ रहने तरीका सिकाउँदै रमेश सिंह छेत्री

कालेबुङे छोरी-सिक्किमको मन्त्रीपुत्रको भाइरल भीडीओ

कालेबुङे छोरी-सिक्किमको मन्त्रीपुत्रको भाइरल भीडीओ

महिला विश्व कप विजयमा गोर्खे छोरी उमा छेत्रीको सहभागिता

महिला विश्व कप विजयमा गोर्खे छोरी उमा छेत्रीको सहभागिता

घर घर लाहुरे समूहद्वारा लिइयो प्रशिक्षित युवाहरूको परीक्षा

घर घर लाहुरे समूहद्वारा लिइयो प्रशिक्षित युवाहरूको परीक्षा

झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा

झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा

अरूणचन्द्र राई, उदय थुलुङ र कमला तामाङ उडिस्सा जाने

अरूणचन्द्र राई, उदय थुलुङ र कमला तामाङ उडिस्सा जाने

बागडोगरा वर्कर्स एसोसिएसनको रक्तदान शिविरमा शङ्कर घोष

बागडोगरा वर्कर्स एसोसिएसनको रक्तदान शिविरमा शङ्कर घोष

महिला क्रिकेटर रिचा घोषः हुने बिरूवाको चिल्लो पात

महिला क्रिकेटर रिचा घोषः हुने बिरूवाको चिल्लो पात

आजको रोजाइ