Jhangter Samtelin Chyoling Monastery

झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा

Share this news

तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा त्रिपिटक काङयुर पूजा आइतवारदेखि शुरु गरिएको छ। जुन आगामी 11 नोभेम्बरसम्म चल्ने भएको छ। झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बा सञ्चालन कमिटीको आयोजनामा आयोजित यो काङयुर पूजा बौद्ध धर्ममा गरिने पूजाहरुमा एक रहेको छ। उक्त काङयुर पूजा आयोजना गरिनुको मुख्य उद्देश्य सर्वजगतको प्राणीहरूको हितार्थ साथै जनकल्याणको लागि रहेको बताइएको छ‌। यस पूजा अन्तर्गत 10 र 11 नोभेम्बरको दिन झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको प्रमुख लामा स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) को निधनपछि अम्बर लामालाई प्रमुख लामा बनाइएको र उनको र रिम्पोर्छेको बाहुलीबाट आशीर्वचन प्रचार गरिने भएको छ। यस पूजा विषयमा झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको पूजा आयोजक समितिको संयोजक रञ्जन तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन