सिक्किम पुलीसले लागूऔषध दुर्व्यवसन मामिलामा दुई व्यक्तिलाई पक्राउ गरेको छ। देन्ताम निवासी ३५ वर्षीय सामतेन छिरिङ भुटिया र ताडोङ निवासी ३५ वर्षीय भीम लिम्बूलाई बुधबार साँझको समयमा रंग्पोको पुरानो चेकपोस्टमा बसबाट पक्राउ गरिएको छ। उनीहरूको कालो झोलाको खोजी गर्दा, धेरै मात्रामा नियन्त्रित पदार्थहरू (एसपी क्याप्सुल र एन-१० ट्याब्लेट) बरामद गरिएको थियो। दुवै जनालाई पक्राउ गरी रंग्पो पुलीस कार्यालयद्वारा SADA, 2006 को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
