दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता आयोजित

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभाग मिरिक क्षेत्र समितिको तत्परतामा गाेपाल याेन्जन प्रेक्षागृह, मिरिक रङ्गशालामा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता आयोजन गरियो। यस अवसरमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एंव डेपुटी चेयरम्यान राजेस चाैव्हान, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गाेले, पन्चायत समिति सदस्य समीर राई, पन्चायत समिति शिक्षा विभागका कर्माध्यक्ष मन्दीप तामाङ, मिरिक क्षेत्र समितिका एआइ सृष्टि गाेम्देन, जीटीए विभाग र दार्जीलिङ सर्कलका एआइहरू, जिल्ला बाेर्ड सदस्य मुन्ना पाख्रिन, प्रेम तामाङ, किरण बरदेवा, शङ्कर लामा, शान्ता तामाङ, अशाेक प्रधान, संजय स्याङबाे, हिल–तराई प्राथमिक शिक्षक संगठनका अध्यक्ष निरज राई, सचिव रिखीचरण खातीलगायत विभिन्न प्राथमिक पाठशालाका शिक्षक शिक्षिका आदि उपस्थित थिए। मिरिक क्षेत्रका तीनवटा युनिटलाई लिएर गरिएकाे उक्त प्रश्नाेत्तर प्रतियोगितामा पहिलाे अनि दाेस्राे साैरेनी युनिटका विध्यार्थीहरू अनि तेस्राे मिरिक युनिटका विद्यार्थीहरू भए। बिजय प्रतियाेगीहरूलाई कार्यक्रमका अतिथिहरूकाे बाहुलीबाट पुरस्कार वितरण गरियाे।रितेस गुप्तले संचालन गरेकाे कार्यक्रममा बाेल्दै गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एवं डेपुटी चेयरम्यान राजेस चाैव्हानले प्राथमिक पाठशालामा अध्यनरत विद्यार्थीहरूकाे दक्षता विकासकाे लागि जीटीए शिक्षा विभागले गतवर्षदेखि प्रश्नाेत्तर प्रतियोगिताकाे शुरू गरेकाे जसकाे सकरात्मक परिणाम अघि आइरहेकाे बताए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान