सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले घुर्पिसेमा नाम्ची जिल्ला स्तरको बैठक सफलतापूर्वक आयोजना गर्यो। सभाको अध्यक्षता पार्टी अध्यक्ष पवन चाम्लिङले गरेका थिए, र यसमा प्रमुख पार्टी पदाधिकारीहरूको सक्रिय र उत्साही सहभागिता देखियो जसले पार्टीको संगठनात्मक संरचनालाई आधार तहदेखि मजबुत र विस्तार गर्ने रणनीतिहरूमा विचार विमर्श गरे।
बैठकमा SDF पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो, जसमा श्रीमती सकुन गुरुङ (वरिष्ठ उपाध्यक्ष In-Charge, नाम्ची जिल्ला), कृष्ण खरेल (वरिष्ठ उपाध्यक्ष, प्रेस तथा प्रचार मुख्यालय), श्री सर्वधान राई (जिल्ला अध्यक्ष, पक्क्याङ जिल्ला), रमेश किरत राई (जिल्ला अध्यक्ष, नाम्ची जिल्ला), श्रीमती उर्वशी खालिङ राई (महासचिव, प्रेस तथा प्रचार) र शैल टोमतशाङ (प्रचार सचिव सह प्रवक्त, क्षेत्रीय) सम्मिलित थिए।
यस अवसरमा, जिल्ला स्तरको संगठनात्मक संरचना सुदृढ पार्नका लागि केही पार्टी सदस्यहरूलाई नयाँ जिम्मेवारीहरू पनि सुम्पिइएको थियो:• निर्मल प्रधान – संगठन प्रमुख, नाम्ची जिल्ला• बिनोद राई – कोषाध्यक्ष, नाम्ची जिल्ला• श्रीमती सारिखा शेर्पा – उप कोषाध्यक्ष, नाम्ची जिल्ला• विकास राई – समन्वयक प्रमुख, नाम्ची–सिङ्गिथाङ• जेम्स राई – समन्वयक प्रमुख, पोखलक–कमराङ• बिनोद जोगी – सचिव, फ्रन्टल संगठन, नाम्ची।











