बेमौसमी झरीले धान खेती, कटनीमा ठूलो क्षति

Share this news

असारमा खडेरी, कार्तिकमा झरी यही विरोधाभासी मौसमले पश्चिम सिक्किमका कृषकहरूलाई दोहोरो मारमा पारेको छ। असारमा पानी नपरेर धेरै किसानले खेत बाँझो राख्नुपरेको थियो, अब जब पाकेको धान उठाउने समय आयो, निरन्तर बेमौसमी झरीले बाँकी रहेको फसल पनि विगारिदिएको छ। मौसम विज्ञान विभागले पहिल्यै अत्यधिक वर्षाको चेतावनी दिएको भए पनि ग्रामीण भेगका किसानले यस्तो ठूलो क्षतिको कल्पना गरेका थिएनन्। पछिल्ला दुई दिनदेखि लगातार परेको वर्षाले औलो भेगका लिङचोम, टहारी, पार्बोक, तोयाङ, लुपुन, बिरिबुङ, पिचिथाङ, सम्बोक, याङ्ते र दोमाती क्षेत्रका खेतहरूमा पानी थिचिएर अन्न ढल्यो, मुसा–चरा र बाँदरले रमाएको छ, किसानहरू असन्तुष्ट छन्।
धान रोप्ने समयमा खडेरीले रोपाइँ नै गर्न नसकेका धेरै किसानले यो पटक खेतीबाट टाढा बस्न वाध्य भए। जसले कसरी होस् खेतमा अन्न फलाएका थिए, तिनको मेहनत अब वर्षाले बगाएको छ। “असारमा पानी नपाएर रोप्न पाएनौं, अब काट्ने बेला खेतै डुब्यो, अन्न सबै भासियो,” किसानहरूले व्यथित हुँदै बताए।
कृषक अरुण छेत्री बस्नेत भन्छन्, “हामी खेती गर्छौं, तर अहिले खेती रमाइलोका लागि होइन, बाध्यताका लागि हो। बाँदर, चराले फसल खान्छन्, झरीले भिजाउँछ। यस्तोमा मन खेतीमा लाग्ने कुरै आएन।”


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन