बेमौसमी झरीले धान खेती, कटनीमा ठूलो क्षति

Share this news

असारमा खडेरी, कार्तिकमा झरी यही विरोधाभासी मौसमले पश्चिम सिक्किमका कृषकहरूलाई दोहोरो मारमा पारेको छ। असारमा पानी नपरेर धेरै किसानले खेत बाँझो राख्नुपरेको थियो, अब जब पाकेको धान उठाउने समय आयो, निरन्तर बेमौसमी झरीले बाँकी रहेको फसल पनि विगारिदिएको छ। मौसम विज्ञान विभागले पहिल्यै अत्यधिक वर्षाको चेतावनी दिएको भए पनि ग्रामीण भेगका किसानले यस्तो ठूलो क्षतिको कल्पना गरेका थिएनन्। पछिल्ला दुई दिनदेखि लगातार परेको वर्षाले औलो भेगका लिङचोम, टहारी, पार्बोक, तोयाङ, लुपुन, बिरिबुङ, पिचिथाङ, सम्बोक, याङ्ते र दोमाती क्षेत्रका खेतहरूमा पानी थिचिएर अन्न ढल्यो, मुसा–चरा र बाँदरले रमाएको छ, किसानहरू असन्तुष्ट छन्।
धान रोप्ने समयमा खडेरीले रोपाइँ नै गर्न नसकेका धेरै किसानले यो पटक खेतीबाट टाढा बस्न वाध्य भए। जसले कसरी होस् खेतमा अन्न फलाएका थिए, तिनको मेहनत अब वर्षाले बगाएको छ। “असारमा पानी नपाएर रोप्न पाएनौं, अब काट्ने बेला खेतै डुब्यो, अन्न सबै भासियो,” किसानहरूले व्यथित हुँदै बताए।
कृषक अरुण छेत्री बस्नेत भन्छन्, “हामी खेती गर्छौं, तर अहिले खेती रमाइलोका लागि होइन, बाध्यताका लागि हो। बाँदर, चराले फसल खान्छन्, झरीले भिजाउँछ। यस्तोमा मन खेतीमा लाग्ने कुरै आएन।”

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ