विधायक सुब्बाद्वारा तामाबुङ विद्यालय भ्रमण

Share this news

मानेबोङ देन्ताम समष्टिको तामाबुङ विद्यालयमा बिहीबार विधायक सुदेश कुमार सुब्बाले औपचारिक निरीक्षण भ्रमण गरेका थिए। यस अवसरमा विभागीय अधिकारीहरू, अभियन्ता किरण शर्मा, विद्यालय व्यवस्थापन समिति (SMC) सदस्यहरू, शिक्षक शिक्षिकाहरू तथा स्थानीय गाउँलेहरूको उपस्थिति रहेको थियो।
निरीक्षणको क्रममा विद्यालय परिसरमा रहेको एउटा पुरानो जीर्ण भवनको अवस्था अवलोकन गरी विधायक सुब्बाले उक्त भवनलाई भत्काएर नयाँ भवन निर्माणका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्न अभियन्ता किरण शर्मालाई निर्देशन दिए। यसका साथै, हाल सञ्चालनमा रहेका कक्षा कोठाहरूको मर्मतसम्भार र आवश्यक पूर्वाधार सुविधाहरू थप गर्नुपर्नेमा पनि उनले विशेष जोड दिए। यसै क्रममा सबै आवश्यक कुराहरूको कार्ययोजना तयार गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान