मिरिक सिलगढीलाई जाेड्ने मुख्य सडक दुधे बालसन खाेलाकाे भारी बर्षाकाे कारण जलस्तर बढेपछि भर्खरै संचालनमा आएकाे दुधेकाे अस्थायी पूललाई क्षति गर्ने सम्भावना बडेकाे छ। यद्यपि समचार लेख्दासम्म दुधेकाे अस्थायी पूल सुरक्षित रहेकाे अनि यातायातमा कुनै प्रभाव नपरेकाे देखियाे। स्थानीय ग्राम पन्चायत उप प्रधान सन्ताेष तामाङले दुधेकाे अस्थायी पूल गुणस्तरीय बनाइएकाे बताउँदै तर प्रकृतिकाे अघि कसैकाे केही लाग्दैन। दुधे बालसन खाेलाकाे जलस्तर बडेकाे छ। के हुन्छ भन्न सकिन्दैन । तर कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको बताए। तिनले पहाडी भेगमा धेरै पानी परे दुधे खाेलाकाे जलस्तर बड्ने हुनाले नै गत ४ अक्टाेबरमा पनि खाेला बड्दा दुधेकाे पक्का पूल क्षति गरेकाे बताए।

 
				 
															









