Distribution of 212
Distribution of 212

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

Share this news

पश्चिम बगांल सरकार कृषि विभागको भुमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङ अनि सिटोङ थ्री जीपीको सहयोगितामा आज सिटोङ -३ ग्रामपञ्च्यात अन्तर्गत रोलक लङ्कु कलस्टरका कृषकवर्गलाई आधुनिक ढाँचाको मौरीको डुँड वितरण गरियो । यसक्षेत्रका २१२ जना कृषकहरुलाई उक्त मौरीको डुँड आज कृषि विभागीय सह- निर्देशक पी० एन बस्नेत साथै टोली लगायत सिटोङ थ्री ग्रामपञ्च्यात उपप्रधान लाडुप लेप्चाको उपस्थितिमा ग्रामपञ्च्यात कार्यलय परिसरमा वितरण गरियो । उक्त अवसरमा यसपालि सरकारको प्रकल्प अनुसार यसरी यसक्षेत्रका कृषकवर्गलाई आरएडी – सीसी -२०२५-२०२६ अन्तर्गत यस्ता विभिन्न सहुलियत र सहयोग प्रदान गरिएको सह निर्देशक पि०एन० बस्नेतले जनाए । साथै भोलिको दिनमा मौरीपालनसंग सम्बन्धित सरसामाग्रीहरु पनि प्रदान गरिने अनि मौरीपालन वारे तालिम पनि गराईने पनि तिनले बताएका छन्। स्मरण रहोस कि उक्त विभागले विगत दिनमा रोलक लङ्कु कलस्टर अधीनस्थ कृषक समुहलाई कोदोको बिऊ निंबु सुन्तलाको बिरुवा कुखुराको चल्ला ५० वटा चारोसहित माछाको भुर्रा ४०० वटा चारोसहित प्रदान गरिसकेका छन् भने आज यसरी पुनः २१२ जना कृषकहरुलाई मौरीको डुँड पनि वितरण गरिएको छ । अनि आगमी दिनमा गनेँउला पालनहेतु किट्स र उन्नत प्रजातिको एप्पलको बिरुवाहरु पनि दिने उल्लेख गर्दै भविष्यमा सम्पुर्ण क्षेत्रलाई समेटेर अझ बृहत् रुपमा कृषि संस्कार साथै भुमि सरंक्षणवारे वारे कार्य गर्दै जाने पनि सह निर्देशक बस्नेतले बताएका छन्। अर्कोतिर यसरी विभागीय सहयोग र सहुलियतहरु प्रदान गरिएकोमा गाँउवासीको पक्षवाट सिटोङ थ्री जीपी उपप्रधान लाडुप लेप्चा अनि कृषक प्रतिनिधि सन्तकमार माझीले विभागीय अधिकारीप्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ