भारतीय गोर्खा सङ्घ, कोलकाताद्वारा सोमबार बलिदान दिवस पालन गरिएको थियो। उक्त समितिकी प्रमुख बबीता राईद्वारा अध्यक्षता गरिएको समारोहमा स्वाधीनता संग्रामी मेजर दुर्गा मल्ललाई श्रद्धाञ्जली चढाइयो। 5/1, क्यानल रोड, हेस्टिंग्सकोलकाता 22 मा उक्त सङ्घद्वारा “स्वास्थ्यको लागि योग” नारासङ्गै योग प्रदर्शन गरियो। यसै गरी मेजर दुर्गा मल्लको बलिदानलाई हेरेर नि:शुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजन गरिएको थियो। जसमा धेरै सङ्ख्यामा रोगीहरूले फाइदा उठाएका थिए।
भारतीय गोर्खा सङ्घद्वारा बलिदान दिवस पालन
- Post author:admin
- Post published:August 26, 2025
- Post category:देश
- Post comments:0 Comments
Tags: Kolkata