रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियान रैली

Share this news

रोड सुरक्षा सप्ताह अन्तर्गत आज अन्तिम दिन दार्जीलिङ पुलिसको आयोजनामा एवं खरसाङ ट्राफिक पुलिसको तर्फबाट खरसाङमा रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना रैलीको आयोजना गरिएको छ। खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएको उक्त सचेतना रैली हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्द्धवान रोड भएर पुन: मोटर स्ट्याण्डमा‌ आएर सचेतना कार्यक्रममा परिणत भएको छ।‌ रोड सुरक्षा सप्ताह गत 1 जुलाईदेखि आज मंगलबार 8 जुलाईको‌ अन्तिम दिन उक्त रोड सुरक्षा सप्ताह अन्तर्गत सचेतना रैली र सचेतना कार्यक्रमको आयोजना गरिएको छ। उक्त सचेतना रैलीमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस‌ चेयरम्यान सुवास प्रधान, जीटीएको‌ कार्यकारी सभासद रतन थापा, ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री र उनको सहयोगी पुलिस अधिकारीहरु लगायत खरसाङ बजार क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले‌ भाग लिएका‌ थिए‌।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान