मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

Share this news

मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी अवकाशप्राप्त भारतीय सैनिक मुस्कान तामाङ अनि चालक सुमन तामाङले स्थानीय शेराब छोइलिङ गुम्बामा आवत जावत गर्नेहरूलाई यातायातमा सुविधा होस् भन्ने उदेश्य राखेर निजी कोषमा जेसीभीद्वारा सडक खनन कार्य शनिबारदेखि शुरू गराएका छन्। यस अवसरमा बोल्दै समाजसेवीद्वयले, एकचोटीको जुनीमा मरेर लानु केही छैन। बाँचुन्जेल पुण्यको कार्य गर्नपर्छ भन्ने भावना आफूमा जागृत भएपछि अनि गुम्बामा दर्शन गर्न, खोर्लो घुमाउन आउने विशेष गरि वृद्ध अनि बाल बालिकाले यातायातमा भोग्न परेको समस्या समधान गर्न निजी कोषमा सडक खनन गरेको बताए। उक्त सडक खनन कार्यको लागि क्षेत्रीय सभासद मिलेस राईप्रति पनि अर्जी चडाएका थिए तर कतिपय कारणले उनले जेसीभी उपलब्ध गराउन सकेनन्। तर खनन कार्य भएपछि उक्त सडकलाई अलकत्रे बनाउन सभासदले पहल गरिदिने कुरोमा हामी आशावादी रहेको बताए। द्वयले सडक खनन कार्य गर्नको लागि जमिन उपलब्ध गरिदिनेहरूप्रति पनि आभार प्रकट गरे। स्मरण रहोस् मुस्कान तामाङले यसभन्दा अघि पनि गुम्बामा लगभग 6 लाख रूपियाँ निजी खर्च गरेर खोर्लो निर्माण गरिदिएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न