दुधे बालसन वेलफेयर ड्राइभर एशाेसिएशन एण्ड क्लबद्वरा मिरिक सिलगढी मुख्य सडक घैयाबारी क्षेत्रमा भइरहने वाहन दुर्घटना रोक्न अनि हालसम्म वाहन दुर्घटनामा परि ज्यान गुमाँउनेहरूको मोक्ष प्राप्तिको लागि सोमबारदेखि शुरू गरिएको तीन दिवसीय धार्मिक अनुष्ठानको समापन बुधबार भयो। जसमा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, सियोक गोपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, सुकुना पानीघट्ठा समष्टि सभासद परेस तिर्की आदि पनि सहभागी बनेर पूजा अर्चना गरे। यस अवसरमा केही साताअघि वाहन दुर्घटनामा परेर ज्यान गुमाएका चालक अबिन राईका दाज्यु भाउज्यु अजित राई अनि इन्दिरा राई पनि उपस्थित थिए।
