सुवासको अकादमी विजयमा रिम्बिक क्षेत्र हर्षोलास

Share this news

दार्जीलिङ, 20 जुन(निसं): साहित्य अकादमी दिल्लीले यस बर्षको साहित्य अकादमी युवा पुरस्कार रिम्बिक क्षेत्रका कवि सुवास ठकुरीलाई प्रदान गरिने भएको समाचारले क्षेत्रमा उत्साह छाएको छ। रिम्बिक- लोधोमा समष्टिका सभासद नोर्देन शेर्पाले एक प्रेस बिज्ञप्ति जारी गर्दै पुरस्कार प्रापकलाई बधाई दिएका छन्। उनले आफ्नो विज्ञप्तिमा समाचारले आफू हर्षित बनेको उल्लेख गरेका छन्। उनले भनेका छन् , कवि सुवास ठकुरीले भारतमा साहित्यको सर्वोच्च पुरस्कार पाएको समाचारले गदगद बनेको छु। रिम्बिक क्षेत्र कृषिको निम्ति मात्रै होइन अब साहित्य सृजनाको क्षेत्रमा पनि उर्वर बन्दै आएको छ। शेर्पाले सुवासको साहित्यप्रतिको रुचि अनि समर्पणलाई सम्मान गर्दै युवा पिढीले यसरी नि:स्वार्थ साहित्यको सेवा गर्न तत्पर बन्न उत्साहित गरेको बताएका छन्। शेर्पाले रिम्बिक क्षेत्रमा साहित्य फस्टाउनु भनेको समाज अग्रगामी बन्नु हो भन्दै स्वतन्त्र साहित्य लेखनलाई आफुले सदैव प्रेरित गरेको बताएका छन्। उनले साहित्यले समाज अनि राजनीतिलाई दिशानिर्देश गर्नपर्ने मन्तव्य पोख्दै ठकुरीको जूनको आशु- कविता संग्रह  बलियो किताब रहेको बताए। यो उपलब्धि केवल सुवास ठकुरीको मात्रै होइन तर सम्पुर्ण रिम्बिकवासीको हो भन्दै सम्पूर्ण रिम्बिकवासीलाई गर्व गर्ने मौका सुवासले प्रदान गरेको बताए। यसका साथै शेर्पाले सुवासको कलम निरन्तर चलिरहोस भनी कामना समेत गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न