दार्जीलिङको पुबुङ बस्तीबाट साइश्रेया भन्डारी सौन्दर्यको विश्वमञ्चम्म पुग्न सफल भइन्। बबीता भन्डारी अनि स्व. उदय भन्डारीकी सुपुत्री साइश्रेया भन्डारीले श्रीलङ्कामा आयोजित मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ मा भारतलाई गर्विलो प्रतिनिधित्व गरेकी थिइन्। 23 अप्रेल 2025 मा जन्मेकी साइश्रेयाले दार्जीलिङको ज्ञानोदय स्कूलबाट आइइसी, कलेटो कन्वेन्टबाट बाह्रौं कक्षा र कोलताताको भवानी कलेजबाट स्नातक गरेकी छिन्। सानैदेखि सौन्दर्यको क्षेत्रमा रुचि राख्ने साइश्रेयाले इन्स्टाग्राममा आयोजन हुने अनलाइन सौन्दर्य प्रतियोगिताहरूमा भाग लिंदै, विजयी हुँदै गइन्। यसैक्रममा सौन्दर्य दीपक साहीको मार्ग निर्देशनमा उनी अघि बढ्दै गइन्। यही क्रममा मिस नोभा कोस्मो वर्ल्डवाइड, भाारतकी प्रमुख मनिका साहीको मार्गदर्शनमा बेङ्गलुरू गइन्, त्यसपछि त्यहींबाट उनलाई श्रीलङ्कामा आयोजित मिस नोभा कोस्मो वर्ल्डवाइड २०२५ मा भारतलाई गर्विलो प्रतिनिधित्व गर्ने सुयोग मनिका साहीले नै प्रदान गरिन्। यसैक्रममा उक्त समारोहबाट फर्केकी श्रेयालाई बागडोग्रा एयरपोर्टमा भव्य स्वागत गरिएको थियो। यसै गरी उनको जनम्स्थानमा पनि उनलाई स्वागत जनाइएको थियो।










