don't ask for votes in the name of Gorkhaland
don't ask for votes in the name of Gorkhaland

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले, म गोर्खाल्याण्डको विरोधी होइन, मलाई पनि गोर्खाल्याण्ड चाहिन्छ, तर गोर्खाल्याण्डको नाममा भोट नमाग्ने बताएका छन्। पोख्रेबुङ चामोङमा दुईवटा सडक निर्माण योजनाको शिलान्यास गर्दै थापाले स्थानीय मतदातासमक्ष आक्रोश र व्यंग्यको मिश्रित भाषण दिए। उनले विपक्षी राष्ट्रिय दलहरूलाई निशाना बनाउँदै आरोप लगाए कि तिनीहरूले गोर्खाल्याण्डको भावनालाई “औजार” बनाएर मात्र मतदातासँग खेल्छन् र सत्ताको कुर्सीमा पुग्छन्, तर विकासको काम बिर्सन्छन्। ‘भावनाको राजनीति’ लाई कडा चुनौती दिँदै घोषणा गरे, “म पार्टी सँग मिलेको होइन, सरकार सँग मिलेको हुँ।” उनले पश्चिम बंगाल सरकारसँगको सहकार्यमा हुने विकास कार्यलाई जोड दिँदै आफू ‘व्यावहारिक’ र ‘आवश्यकताको राजनीति’ गर्ने नेता हुँ। थापाले भने, “जीटीए, जीटीए एक्ट अन्तर्गत सञ्चालन हुने बंगाल राज्य अधिनस्थको प्रशासन हो। यहाँको विकासको कार्यको निम्ति राज्य सरकारबाट नै पैसा ल्याउनु पर्छ। विगतको चुनाउमा तपाईहरुले बाटोको निम्ति पनि भोट हाल्नु भएन , पानीको निम्ति पनि भोट हाल्नु भएन। भोट हाल्नु भयो त भावनामा नै। यहाँ बाटो ढिलो आउनुको कारण भोट पनि हो। भोटको समयमा बाटो अनि पानी बिर्सन्छन्। भोटको समय बाटो अनि पानी पनि याद गर्नुपर्छ।” थापाले गोर्खाल्याण्ड आन्दोलनप्रति आफ्नो अडान स्पष्ट गर्दै भने, “म गोर्खाल्याण्ड विरोधी होइन। मलाई पनि गोर्खाल्याण्ड चाहिन्छ। तर गोर्खाल्याण्डको नाममा भोट माग्दिन। हामी व्यावहारिक हुनु पर्छ। हाम्रै बुद्धिको कारण हामीले दुःख पाएका हौं। हामी बङ्गालमा बस्छौ यो यथार्थ हो। यसलाई हामीले स्वीकार गर्नुपर्छ। मैले मात्र सरकार सँग मिलेर हुँदैन। हाम्रो तीन जना एमएलए बिना पनि सरकार बनिन्छ। पैसा आउने राज्य सरकारबाट नै हो। हामी पनि छौ है भनेर देखाउनु हामीले हाम्रो एमएलए पठाउनु पर्छ। म पार्टी सँग मिलेको होइन, सरकार सँग मिलेको हुँ।
पहाडमा म मात्र यस्तो नेता हूँ जसले गोर्खाल्याण्डको नाममा भोट मागेको छुइन।”
उनले यस्पालीको भोट गाउँको सुधारको भोट हो भन्दै भने, “यसपालिको भोटले मलाई केही हुँदैन। यहाँको पूर्वाधार बनिन्छ। तपाईंको गाउँ बनिन्छ, ठाउँ बनिन्छ। सपना ठूलो ठूलो देखेर मात्र हुँदैन विपनामा पनि कार्य गर्ने क्षमता पनि हुनुपर्छ। हामीले हाम्रो भूमिपुत्र सम्मलाई विगतको चुनाउमा भोट हालेनौ। भूल कसको हो?”
उनले विगतको चुनाउमा बिजेपीको भावनात्मक आश्वासन माथि आस्थामा भोट हालेको ठहर गर्दै भने “सांसदको चुनाउमा बीजेपीलाई एउटा आस्थाले भोट दिनुभयो। तर चुनाउ जितेर दिनु त कुरै छोडौं, धन्यवाद सम्म दिएन।”
थापाले व्यंग्य गर्दै भने, ” सिलीगुडीबाट तिमीहरूको मुद्दा छेउ मा छ भन्दा, त्यही छेउ लाई भोट हाल्ने तपाई हरु नै हुनुहुन्छ। अब फेरि छेउमा छ भनेर कराउनेहरु आउनेछन्।”
आज शिलान्यास गरिएको योजनामा पथश्री-IV योजना अन्तर्गत, साङमा रानीबनदेखि साङमा लोवर सिरुबारी सम्म पुग्ने 1.5 किलो मिटर लामो सडक निर्माण कार्य अनि डी ई डी अन्तर्गत पोख्रेबुङ उच्चत्तर माध्यमिक विद्यालयदेखि पोख्रेबुङ बस्ती न० ५ हुदै पोख्रेबुङ बजारसम्म पुग्ने 1 किलो मिटर लामो सडक निर्माण कार्य रहेको छ। यी योजनाहरुको शिलान्यास स्थानीय पूर्वाधार विकासको लागि एउटा आधिकारिक घोषणा हो। अनित थापा मुख्य अतिथि रहेको शिलान्यास समारोहमा अन्य उपस्थित गणमान्य व्यक्तिहरूमा भूपेन्द्र बम्जन (कार्यकारी सभासद, मत्स्य विभाग), अन्जुल चौहान (सभापति, जीटीए सभा), उदय देवान (पुल तथा यातायात विभाग), कार्यकारी अभियन्ता (डी ई डी), कार्यकारी अभियन्ता (WBS RDA दार्जिलिङ डिभिजन) प्रमुख रहेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ