Glenridge's pub and restaurant closed for tax breach
Glenridge's pub and restaurant closed for tax breach

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

Share this news

एक्साइज विभागले सोमबार दार्जीलिङको ग्लेनारिज कम्प्लेक्सभित्र सञ्चालन भइरहेको पबलाई कर नियमको उल्लङ्घन गरेको भन्दै तीन महिनाका लागि सिल गरेको छ। सोमबारबाट बन्द गरिएको छ। यसका मालिक आइजीजेएफ नेता अजय एडवर्ड्स हुन्। स्रोतहरूको अनुसार, यो कार्य एक्साइज नियमको नियम 239 अन्तर्गत गरिएको हो, जुन लाइसेन्स प्राप्त स्थापनाहरू सम्बन्धी सर्तहरूको उल्लङ्घनसँग सम्बन्धित छ।
उक्त स्थानमा उपस्थित कर्मचारीहरूले सुरुमा एक्साइज अधिकारीहरूको भ्रमण सामान्य निरीक्षण मात्र हुने भन्ने सोचेका थिए। तर, जब अधिकारीहरूले भण्डारण क्षेत्रमा प्रवेश गरेर पब र रेष्टुरेन्टका परिसरहरू सिल गर्न थाले, त्यतिखेर त्यहाँको अवस्था बदलियो।
कार्यको समयमा अजय एडवर्ड्स शहर बाहिर थिए। स्थापनाको प्रबन्धकले भने, सबै आवश्यक कागजात र अनुमति पत्रहरू व्यवस्थित अवस्थामा छन्, र सिल गर्ने प्रक्रियाको समयमा कुनै विशेष कारण विस्तृत रूपमा बताएनन्।
प्राप्त जानकारी अनुसार अजय एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई एक्साइज विभागले 3 महीनाको लागि सील गरिदियो। डेपुटी एक्साइज कलेक्टर सरन्या पारिकले यसबारे जानकारी गराउँदै एक्साइज विभागका कलेक्टरको निर्देशअनुसार नै ग्लेनरिजको बारलाई 3 महीनाको लागि बन्द गरिएको बताए। उनले बंगाल एक्साइज रूललाई उल्लंघन गरएको कारण नै यो बारलाई सील गरिएको जानकारी गराए। उनले बंगाल एक्साइज रूल 239 पनि उल्लंघनको एउटा कारण रहेको बताए। यसबारे अजय एड्वर्डससित कुराकानी गर्न चाहँदा उनी दार्जीलिङदेखि बाहिर भएको कारण ग्लेनरिजका प्रबन्धक अशोक तामाङले यसबारे विस्तृत जानकारी गराएका छन्। उनले भने-हिजो साँझ 5.30 बजीतिर ग्लेनरिजको रेष्टोरेण्ट चलिरहेको थियो अनि बजमा पनि एक-दुईजना ग्राहक प्रवेश गरिसकेका थिए। त्यसै क्रममा एक्साइज विभागका केही अधिकारीहरू आएर बजको जाँच गर्न शुरू गरेका थिए। ग्लेनरिजका कर्मचारीहरूले यो सामान्य रेड हुनसक्ने अनुमान लगाएका थिए। किनभने, यसप्रकारको रेड समय-समयमा हुने गर्छ। तर ग्लेनरिजको स्टोर रूम, रेष्टोरेण्टको सानो स्टोरलाई पनि सील गरिदिए। भुईँ तलामा रहेको बारका सबै सामानहरू पनि उनीहरूले जफ्त गरेको तामाङले जानकारी गराए। यसैकारण आजदेखि ग्लेनरिजको बार चलेको छैन। केवल रेष्टोरेण्ट मात्रै सञ्चालनमा रहेको छ। उनले बारका सम्पूर्ण दस्तावेजहरू ठीकै रहेको बताउँदै केवल बारमा चलिरहेको लाइभ म्यूजिकको कारण मात्रै यसप्रकारको कारवाही गरिएको हो भन्ने पनि बताए। उनले दार्जीलिङका पुराना पुलिस अधीक्षकले ग्लेनरिजको बारमा लाइभ म्यूजिक चलाउन अनुमति प्रदान गरेका थिए भन्ने बताउँदै वर्तमान पुलिस अधीक्षक यहाँ नियुक्त भएर आएपछि यसमा निकै समस्या भइरहेको जनाए। यद्यपि, उनले पुलिस अधीक्षकसमक्ष सोलो लाइभ म्यूजिक गर्नको लागि आवेदन प्रदान गरिसकेको छ भन्ने पनि बताए। यसैकारण एक्साइज विभागले ग्लेनरिजको बारलाई सील गरेको पनि तामाङले जानकारी गराए। यस सम्बन्धमा कानूनी हिसाबले अघि बढ़्ने निर्णय गरिएको पनि उनले बताए। यता. क्रिसमस अनि नयाँ वर्षको ठीकअघि ग्लेनरिजको बार बन्द भएपछि गलेनरिजलाई गतिलै आर्थिक नोक्सानी हुने अनुमान लगाइएको छ। किनभने, क्रिसमस अनि नयाँ वर्षको समय ग्लेनरिजको यो बार व्यापकरूपले चल्ने गर्छ। उनले हाल ग्लेनरिजमा 250 कर्मचारी कार्यरत रहेको बताउँदै आफूले 22 वर्षदेखि यहाँ काम गरिरहेको पनि जानकारी गराए। एक प्रश्नको उत्तरमा उनले भने-यसपाली विशेष मौसमको कारण दशैं अनि तिहारमा ग्लेनरिजको बार राम्रोसित चल्न सकेन। यसैले क्रिसमसमा ग्लेनरिजको बार राम्रोसित चल्छ भन्ने आशा गरिएको थियो, तर त्यो आशा पूरा हुन नपाई यसप्रकारले बारलाई सील गरिएको छ। यसबारे ग्लेनरिजका मालिक अजय एड्वर्डस नै आएर उचित काम गर्नेछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ